२५ मंसिर २०८१, मंगलवार

यस्तो देखियो नेकपाद्वारा आयोजित बृहत् जनप्रदर्शन (फोटोफिचर)

0

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको आवसरमा बृहत् जनप्रदर्शन गरेको छ । काठमाडौँको सुन्धाराबाट सुरु भएको जनप्रदर्शनसहितको र्याली भृकुटीमण्डपमा आएर जनसभामा परिणत भएको थियो ।

र्यालीमा नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य शीलु सी लगायत पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यसहित जनसमुदायको उपस्थिति रहेको थियो । ¥यालीपछिको आमसभाको अध्यक्षता महासचिव विप्लव सीले गरे भने कार्यक्रमको संचालन पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले गरेका छन् ।

उक्त जनसभालाई नेकपा पोलिटब्युरो सदस्य माइला सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका छन् । आमसभामा सामना सांस्कृतिक परिवारले आफ्नो प्रस्तुति पनि प्रस्तुत गरिरहेको छ । कार्यक्रम अघि विभिन्न जातजातिका झाँकी पनि प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।