११ श्रावण २०८१, शनिबार

महासचिव विप्लव र जनता समाजवादीका अध्यक्ष यादवबिच भेटवार्ता

0

काठमाडौं: नेकपाका महासचिव विप्लव सी र जनता समाजवादीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबिच बुधबार दिउँसो भेटघाट भएको छ । महासचिव विप्लव निवास ललितपुर हरिसिद्वी पुगेका यादवसंग महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड सीले भेटघाट गर्दै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको विप्लव सचिवालयले जनाएको छ ।
भेटमा समाजवादी मोर्चालाई अगाडि बढाउने र थप प्रभावकारी कसरी बनाउने भन्नेमा छलफल केन्द्रीत रहेको बुझिएको छ । जवाफमा यादवले बृहत् समाजवादी मोर्चाका लागि आफू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
मङ्गबार साँझ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले बुधबार दिनभर राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका महासचिव विप्लवले समाजवादी मोर्चा सम्बद्ध दलका नेता लगायत अन्य राजनीतिक भेटघाटलाई समेत बढाएको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।