१२ श्रावण २०८१, शनिबार

महासचिव विप्लव र पूर्व प्रधानमन्त्री नेपालबिच भेटवार्ता

0

काठमाडौँ: नेकपाका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बीच मङ्लबार साझ भेटवार्ता भएको छ । महासचिव विप्लवसहित पार्टी प्रवक्ता प्रकाण्ड सी अध्यक्ष नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा छलफल भएको महासचिव विप्लवले जनपत्रिकालाई बताएका छन् ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका महासचिव विप्लवले कम्युनिस्ट एकता र ध्रुवीकरणलाई जोड दिदै बृहत् कम्युनिस्ट एकता र वामपन्थी ध्रुवीकरणका बारेमा बहस चलाउदै आएका छन् ।
पार्टीको नवौं केन्द्रीय समितिको बैठकपछि समाजवादी मोर्चालाई थप फराकिलो बनाउदै लैजाने सबै कम्युनिस्टहरु एक ठाउँमा जुट्न जरुरी रहेको विप्लवको जोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।