२२ भाद्र २०८१, शनिबार

करकाे दुरुपयोग हुने गरि जनप्रतिनिधि भ्रमण जाने निर्णयप्रति नेकपा ललितपुरकाे ध्यानाकर्षण

0

ललितपुर महानगरले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जेठ २६ देखि २८ सम्म पोखरा भ्रमणमा लैजाने भन्ने निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा ललितपुर महानगर समिति इन्चार्ज बज्र सी र सेक्रेटरी अष्ट सीले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकार भनिएको महानगरपालिकाको यो निर्णय जनताको सेवा र विकासको लागि उठाएको कर एवं बजेटको चरम दुरुपयोग र पदीय दुरुपयोग एवं बेथितिलाई प्रश्रय दिने जनविरोधी हर्कत भएको ठहर गरेका छन् ।

विज्ञप्ति भनिएको छ,’हामी यस किसिमको गैरजिम्मेवार भ्रमण रोक्न र करको दुरुपयोग रोक्न यसै विज्ञप्तिमार्फत गम्भीर चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिकाे पूरा पाठ-

विषय: जनप्रतिनिधि तथा कर्मचारीहरुको गैरजिम्मेवार भ्रमणबारे विज्ञप्ति

हाम्रो जनप्रिय पार्टी विगत लामो समय अगाडिदेखि देश र जनताले भोगिरहेका यावत समस्याहरु राज्य र यसका निकायहरुको जनविरोधी गतिविधि, सामाजिक आर्थिक विकृति विसंगति विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो यस पार्टीले ललितपुर महानगरपालिकाले गरिरहेको जनविरोधी गतिविधिहरुको समय समयमा गम्भीर ध्यानाकर्षण गर्दै आएको छ । भखरै मात्रै महानगरले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जेठ २६ देखि २८ सम्म पोखरा भ्रमणमा लैजाने भन्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकार भनिएको महानगरपालिकाको यो निर्णय जनताको सेवा र विकासको लागि उठाएको कर एवं बजेटको चरम दुरुपयोग र पदीय दुरुपयोग एवं बेथितिलाई प्रश्रय दिने जनविरोधी हर्कत भएकोले हामी यस किसिमको गैरजिम्मेवार भ्रमण रोक्न र करको दुरुपयोग रोक्न यसै विज्ञप्तिमार्फत गम्भीर चेतावनी दिन चाहन्छौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।