५ जेष्ठ २०८१, शनिबार

नेकपाका महासचिव विप्लव सीसहित सम्पूर्ण पार्टीपङ्ति जुट्यो धान उत्पादनमा 

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसहित सम्पूर्ण पार्टीपङ्ति धान रोपाइँमा जुटेका छन् । महासचिव विप्लव सी लगायत सम्पूर्ण नेताकार्यकर्ताहरु बुधबार बिहान ललितपुर हरिसिद्धीको करिब ५ रोपनी जग्गामा धान रोपाइँमा जुटेका  हुन् ।

नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त रोपाइँ महासचिव विप्लव सीले धान रोप्दै सुरुवात गरेका थिए । नेकपाको नवौँ महाधिवेशनले आफ्नै उत्पादनबाट सिंगो पार्टीपङ्तिलाई आत्मनिर्भर बनाउन आफ्नै उत्पादन गर्ने र सम्पूर्ण जिल्ला, ब्युरो विभिन्न जनवर्गीय संगठनहरुलाई उत्पादनमा जोड्ने नीति अनुरुप नेकपाले देशैभर आफ्नै उत्पादन सुरु गरेको छ । यही अभियान अन्तर्गत वर्षायाममा उत्पादन हुने धान रोपाइँको सुरुवात ललितपुरबाट गरिएको हो ।

नेकपाले उत्पादन प्रक्रियाको दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ । पहिलो वर्ष पार्टीलाई आफ्नै उत्पादनमा आत्मनिर्भर बनाइ पार्टी चलाउनकै लागि चन्दा माग्नुपर्ने नेताकार्यकर्ताहरुले २ छाक खानैका लागि दलालहरुसँग हात फैलाउनुपर्ने परिपाटीको अन्त्य गर्ने, दोश्रो वर्ष विस्तारै आफ्नो उत्पादन बजार पठाउन सुरु गर्ने र ५ वर्षभित्र ४ हजार बिगाहा जमिनमा आफ्नै उत्पादन गरि नेपालमा आफ्नो एकाधिकार जमाइरहेको भारत लगाएत विभिन्न छिमेकी देशहरुबाट आएका उत्पादनहरुलाई विस्थापित गरि नेकपाले गरेको अर्गानिक विषाधिमुक्त उत्पादन नेपाली जनताहरुलाई सुलभ मुल्यमा बिक्रि गरि उनीहरुको एकाधिकार तोड्ने नीति लिएको छ ।

बिचौलीयाहरुका कारण किसानहरुले गरेको उत्पादनको उचित मूल्य नपाएर सडकमा फाल्नु पर्ने, उत्पादनमा  लगाएको खर्च चुर्लुम्मै डुबेर आत्महत्या गर्नुपर्ने स्थिति सिर्जना भएको भन्दै त्यसको अन्त्यका लागि सम्पूर्ण व्यवसायीहरुको उत्पादनको उचित मूल्य दिलाउन संघर्ष गर्ने र माछापालन व्यवसायी लगाएत सम्पूर्ण व्यवसायीहरुलाई उत्पादनमा प्रोत्साहन गर्न महत्वपुर्ण भूमिका खेल्ने समेत नीति लिएको छ। 

यहि कुरालाई मध्यनजर गर्दै नेकपाको केन्द्रिय समितिको बैठकले वर्षे धान उत्पादनका लागि आफ्ना सम्पूर्ण नेताकार्यकर्ताहरुलाई असार १० गतेदेखि ३० गतेसम्म धान उत्पादनमा लाग्न पार्टीका अन्य सम्पूर्ण गतिविधि छोडेर उत्पादन बिदा दिने निर्णय समेत गरेको छ । पार्टीको केन्द्रिय योजना अनुरुप बुधबार महासचिव विप्लव सीको उपस्थितिमा ललितपुरको हरिसिद्धीबाट नेकपाले  धान रोपाइको सुरुवात गरेको छ । यो प्रक्रिया साउनसम्म निरन्तर चल्ने स्रोतले जानाकारी दिएको छ । 

उक्त धान उत्पादन कार्यमा नेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य उमा सी, उपत्यका ब्यूरो इन्चार्ज कृति लगायत पार्टीका केन्द्रिय सदस्यलगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।