८ मंसिर २०८१, शनिबार

नेपालको शैक्षिक प्रणाली र युवाको दायित्व

0

नेपालको इतिहासमा राणाकालदेखि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र भनिने दलाल पुँजीवादी संसदिय व्यवस्थासम्म आउँदा नेपाली जनताले जहिले परिवर्तनको लागि क्रान्तिकारी अथवा अग्रगामी पार्टीकै पक्षमा उभिएर लडेको इतिहास साक्षी छ । जनता क्रान्तिका पक्षधर हुन् । आफ्नो हक अधिकार, न्याय र स्वतन्त्रताका निम्ति सधै लडि रहन्छन् । विगतदेखि व्यवस्था परिवर्तनका लागि राणाको विरुद्ध बोल्ने विद्यार्थी गंगालाल श्रेष्ठदेखि संसदिय राजतन्त्रका विरुद्ध बोल्ने दिल बहादुर रम्तेल र दलाल संसदीय व्यवस्थाका विरुद्ध लड्ने प्रज्वल शाहीसम्म आउदा हजारौंले ज्यानको आहुती दिनुपर्यो ।

परिवर्तनकै लागि लडिरहेका र परिवर्तनका पक्षधर जनताले ज्यानको बलिदानी गरेर आंशिक परिवर्तन त देखियो तर जुन सपना लक्ष्य र उद्देश्यको लागि लडिरहेका थिए त्यो प्राप्त नभई जनताको आन्दोलन पुनः दलाल संसदीय साम्राज्यवादकै पोल्टामा पुग्यो । पछिल्लो चरणको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा जुन उद्येश्य थियो नेपालमा जनवादी व्यवस्था स्थापना र संसदीय व्यवस्थाको अन्त्य गर्ने महान लक्ष्य अन्तिममा १२ बुद्धे सहमतिसम्म आउदा साम्राज्यवादी र पुँजीवादीकै अनुकुल हुनपुग्यो र फेरि नेपाली जनताले स्थापित गर्न खोजेका जनअदालत, जनमुक्ति सेना र जनसरकार विघटन गरि जनताको सपनामाथि कुठाराघात गरियो ।

नेपाली जनताले जुन उद्येश्य बोकेका थिए त्यो प्राप्त हुन सकेन र फेरि पनि जनताले रगत बगाएर ल्याएको उपलव्धिमा नवसामन्ती र नवसाशककै हालिमुहाली हुन पुग्यो । आखिर फेरि पनि हिजोका तानाशाह जस्तै जनताले पसिना बगाएर तिरेको करमा रजाइँ गर्न थालेका छन्। आजको नेपाली राजनीति र व्यवस्था भोग गर्ने को हो ? भनेर हेर्दा नेपाली जनता नभई हिजोका जनताका नेता भनिने यहीँ व्यवस्था संचालक र सरकारी ओहदामा संलग्न व्यक्ति मात्रै लाभ लिइरहेको पाहिन्छ ।

जनताले जहिले कर तिर्ने र मालिकको काम गरि दाशी बनी आज पनि परम्परागत जीवन नै जिउनु परेको छ भने हिजोका तानाशाह र सामन्ती मालिकहरु अहिले दलाल पुँजीपति मालिक भएका छन् । जनताले व्यवस्था परिवर्तनको लागि लडे तर साम्राज्यवादी, नब सामान्ति र पुजीवादीले यस १० वर्षे जनयुद्धको उपलव्धिलाई घुमाउरो तरिकाले दलाल पुजीवादी संसदिय व्यवस्थामा रुपान्तरण गरिदिए । यसको प्रत्येक असर आज जनताले भोग्नु परेको छ । कुनै सरकारी ओहदामा हेर्ने हो भने ठूलो पोस्टमा आज श्रमिक समुदाय (दलित), विपन्न, पिछडिएको वर्ग पुगेको देखिदैन । त्यहाँ कि कुनै पुँजीपति हुन्छ कि सामान्ती साशक वर्ग हुन्छ नत्र अहिलेका राज्य संचालकका आसेपासे नै हुन्छन ।

यसैको खुल्ला उदाहरण हेर्ने हो भने आज सामुदायिक विद्यालयमा देखिन्छ । जुन स्कुलमा एउटा शिक्षक पढाउँछ त्यो शिक्षक प्रधानाध्यापक बन्नलाई कुनै पार्टी कार्यकर्ता अथवा हिजोका पुँजीपति बर्गबाट आउनु पर्ने अनिवार्य जस्तो देखिन्छ । यस अर्थ नेपाली जनताबाट उठेको करबाट तलब खाएर आज तेहि स्कुलको अबस्था नाजुक बनाएर जान्छन, आफ्ना छोराछोरी जनताबाट उठेको करबाट निजी विद्यालयमा पढाईरहेका हुन्छन् । हिजो राणाहरुले पनि ठ्याक्कै यस्तै जनताबाट उठेको करले आफ्ना छोराछोरी पढाउथे । जनताका छोराछोरीलाई शिक्षाबाट बन्चित गरेका थिए भने आज अलिविकसित अथवा नयाँ घुमाउरो तरिकाले जनताका छोराछोरीलाई समुदायिक विद्यालयमा अल्झाउने र आफ्ना सन्तानलाई गुणस्तरीय र असल शिक्षा निजी विद्यालयबाट दिइएका छन् । यो दृष्टिकोणबाट हेर्दा हिजोका सामन्ती, जमिनदार आज पुँजीपतिमा परिणत भएका छन् भने जनता पुँजीवादीका सिपाही बनेका छन् ।
 
किन भने वर्तमान अवस्थामा हेर्ने हो भने जनताबाट चुनिएका प्रतिनिधिले गाउँलाई चुनाव मैदानको दृष्टिकोणमा प्रयोग गर्ने जनतालाई भोट र करको बैक बनाउने जनतालाई रुमल्याउने र विजयी हुने । फेरि जनतामाथि कुर शासन गर्ने आजको यथार्त हो । जनताका जनप्रतिनिधि भनिने वडा सदस्यदेखि मन्त्रीसम्मका छोराछोरी आज सहरका ठूला निजी विद्यालयमा लाखौं रकम तिरेर पढाउँछन् र शहरमा घर घडेरी र कालो धन सेतो बनाउने नियतले हिडेका छन ।

जनताको कर खाएर आफ्नो मस्ती र आफ्नो छोराछोरीको भविस्य उत्कृष्ट बनाउने फेसनको प्रतिस्पर्धा यी भ्रष्ट तानाशाहमा चलिरहेको छ । कुनै पनि समुदायिक विद्यालयमा पढाउने शिक्षकदेखि मन्त्रालयका सचिवसम्मका छोराछोरी आज सामुदायिक विद्यालयमा छैनन् । यदि छन् भनेपनि काठमाडौंका बूढानीलकण्ठ जस्ता समुदायिक विद्यालमा छन् र जनप्रतिनिधिकै निजी विद्यालय छन् । हिजोका सामन्ती र जमिनदार आज दलाल पुँजीपतिमा परिणत भएका छन् भने जनताका प्रतिनिधि नवसामान्ती र दलाल भ्रष्ट लुटेरामा परिणत भएका छन् । यस्तै जनताको कर भ्रष्ट, नव सामान्ती, लुटेरा, दलाल र देश द्रोहिको सहर भएको छ । यो कुरा युवा विद्यार्थीले बेलैमा बुझ्न जरुरी छ ।

आजको स्थिति हेर्ने हो भने संसदीय पुँजीवाद दलाल भ्रष्टचारीको कुनै निश्चित पार्टी र समुह हुदैन रैछ भन्ने खुल्ला उदाहरण भुटानी शरणार्थी प्रकरणमा एमालेका टोपबहादुर रायमाझी, काङ्ग्रेसका बालकृष्ण खाँड लगायतका व्यक्तिबाट छर्लङ्ग हुन्छ । यी नवदलालहरुले यही व्यवस्था केही वर्ष जनतामाथि लादिराख्न र आफ्नो बर्चस्व कायमै राख्न आज समुदायिक विद्यालय जनताका छोराछोरीलाई पुरातनवादी बुर्जुवा शिक्षा जबर्जस्त लादेर लाखौं युवा विद्यार्थी विदेशीन बाध्य बनाउने र समुदायिक विद्यालय सान्ती क्षेत्रको सिन्डिकेट लगाएर सर्वसाधारण जनतालाई राजनीति ज्ञानबाट बन्चित गर्ने दुस्साहस गर्दै छन् ।
 
यसोत जबसम्म सचेत नेपाली युवा विद्यार्थीले बेलैमा नयाँ बिद्रोह र क्रान्तिकारी बाटो नरोजी, एकीकृत जनक्रान्तीमा आवद्ध नभई, समर्थक नभई वैज्ञानिक समाजवाद अथवा जनताको व्यवस्था ल्याउने आन्दोलनमा सरिक नभई यो पुँजीवाद रहेसम्म जनताको अबस्था अझै कंगाल र नाजुक हुदैजाने निश्चित छ । यसो हुदा आज युवा विद्यार्थीले परिवर्तन यहि व्यवस्थाबाट कुनै नयाँ पात्रमा खोज्नु भनेको यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको आयु लम्व्याउनु र देशलाई थप संकटतिर धकेल्नु अथवा सर्पलाई दुध खुवाएर पाल्नु जस्तै हो ।

आज साम्राज्यवादी तत्वले यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको आयु लम्व्याउन अथवा यो व्यवस्था कायमै राखि नेपाललाई आफ्नो माल (सामान) बस्तु बिक्रि गर्ने बजार बनाउन विभिन्न चाल चालिएको छ र परिवर्तनवादी, विकासवादी र राष्ट्र प्रेमि लेपन लगाएका नक्कली नयाँ साम्राज्यवादी दलाल अगाडि सार्दै आएको स्पष्ट नै छ । हिजो राणा, राजा र दलीय व्यवस्थापछि संसदीय पार्टीका चर्चित नेता समातेर साम्राज्यवाद लादेको थियो भने आज जनताको असन्तुष्टिलाई हतियार बनाउदै शिक्षित, विज्ञ, बौद्धिक र जनतामा स्थापित ब्यक्तिलाई अगाडि सारेर परिवर्तनको लागि भन्दै चिहानमा मरणासन्न दलाल संसदीय व्यवस्थालाई पुनर्जीवित बनाउन विभिन्न ढंगले लागिरहेको कुरा नाङ्गो आखाले देखिरहेको छ ।

त्यसैले शिक्षित युवा विद्यार्थीले सचेत भएर देश जनताको कर र दलाल पुँजीवादको शहर हुनबाट देशलाई मुक्ति दिलाउन देशप्रेमी, जनप्रेमी, क्याम्पसमा अध्ययन गरिरहेका युवा, जीविको पार्जनका लागि देश विदेशमा श्रम बेच्न भौतारिएका युवा, निजामती कर्मचारी भित्रका युवा, सेना, प्रहरीमा रहेका परिवर्तनशील युवा, विभिन्न राजनीति पार्टी र सामाजिक अभियानमा लागेका परिवर्तन र राष्ट्रप्रेमी युवा एकीकृत भएर युवा आन्दोलनमा अग्रसर भइ अनिवार्य क्रान्तिकारी बिद्रोह गर्न आवश्यक छ । त्यसपछि मात्र देशले साम्राज्यवाद, भ्रष्टाचार, दलालिकरण, अतिक्रमण र विदेशी हस्तक्षेपबाट मुक्ति पाउछ देशमा उद्योग कलकारखाना स्थापना गर्न सकिन्छ अनि मात्रै शिक्षा, स्वास्थ्य निःशुल्क हुनेछ र रोजगारीको सिर्जना गर्न सकिन्छ । यहिनै वैज्ञानिक समाजवादी व्यवस्था हो ।
६ असार २०८०


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।