
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी लगायतका नेता – कार्यकर्ता धान रोपाइँमा लागेका छन। महासचिव बिप्लव सी लगायतका नेता – कार्यकर्ता बुधबार बिहान ललितपुरको खुमलटारमा करिब ५ रोपनी जग्गामा धान रोपाइँ गरेका छन ।
नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त धान रोपाइँ महासचिव बिप्लव सी ले धान रोप्दै सुरुवात गरेका थिए ।
उक्त धान रोपाइँमा नेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य उमा सी, उपत्यका ब्यूरो इन्चार्ज कृतिलागायत पार्टीका केन्द्रिय सदस्यलगायत दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्