९ श्रावण २०८१, बिहीबार

नेपाली युवा र नयाँ प्रवृति

0

युवा देशको नयाँ भविष्य हो । समाज रुपान्तरणको अग्रदस्ता हो । युवा नया सोच,नया जोस र नया सम्भावना हो । देशको अमूल्य सम्पत्तिहरुमध्ये युवा शक्ति पनि एक हो । युवाहरू परिवर्तन र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाहरूको गुणात्मक र संख्यात्मक सहि विकास र परिचालनले मात्र देशको समृद्धि सम्भव हुन्छ । युवा सहभागिता विना कुनै पनि देशको विकास कल्पना पनि गर्न सकिदैन ।
अन्य देशमा फरक फरक उमेर समुहलाई युवा भनि परिभाषित गरेपनि नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ भने युवा उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ ।(राष्टिय युवा निति २०७२)

श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् । आन्तरिक रोजगारीको प्रशासन क्षमता न्यून हुँदा अतिरिक्त श्रमशक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् भने दैनिक करिब १ हजार जना युवा विदेशिने गरेका छन् । १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगार दर २१.४ र २५ देखि ३९ वर्ष उमेर समूहको बेरोजगार दर ११.६ प्रतिशत रहेको अवस्था छ । उदार श्रम नीति, सीपमूलक श्रम शक्तिको अपर्याप्तता, कमजोर श्रम निरीक्षण तथा नियमनका कारण विदेशी श्रम आप्रवाह बढ्दै गएको र स्वदेशी श्रम शक्ति विस्थापित हुँदै गएको छ । श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेको, कूल बेरोजगारी दर ११.५ प्रतिशत रहेको, श्रम शक्ति सहभागिता दर ३८.५ रहेको, बाध्यकारी श्रम सहभागिता दर १.२ प्रति हजारको अवस्था रहेको छ । (श्रम शक्ति सर्वेक्षण २०७४)

नेपाली युवाहरुमा श्रमचेतना,व्यरोजगारी,अभाव र दलाल संसदिय व्यवस्थाको लापरवाहीका कारण बढी भन्दा बढी युवाहरु विदेश पलाएन भएका छन । युवाहरु जो जहाँ भए पनि उनिहरुमा फरक फरक प्रवृत्तिको विकास भएको छ । मुख्य गरि नेपालमा पाँच प्रकारका युवाहरुको विकास भएको छ । पहिलो निराश र विचलित युवा,दोस्रो आशावादी र उर्जाशिल युवा,तेस्रो पार्टीका झोले र हनुमान प्रवृत्तिका युवा,चौथो वुद्दु र अराजक प्रवृतिका युवा,पाँचौ लागुऔषध र दुर्वेसनमा फसेका युवाहरुमा विकास भएको पाईन्छ । यी प्रवृत्तिहरुको केही चर्चा गरौं ।

पहिलोः निराश र विचलित प्रवृत्तिका युवाहरु
चरम व्यरोजगार,गरिवी र अशिक्षाका कारण नेपालमा निराशा र विचलित हुने युवाहरुको प्रवृति रहेको छ । उनिहरु सधै निरास भएर वस्ने स्वभावका हुन्छन । काम गर्न मन नलाग्ने, जताततै असम्भावना मात्र देख्ने,हामी गरिव,हामी सङ्ग सम्पति छैन, हाम्रो सरकार पनि छैन,हामीलाई शिक्षाबाट वन्चित गरिएको छ भनेर गलत सोचहरु मनमा लिने र निराश भएर वस्ने उनिहरुको स्वभाव हुन्छ । यिनिहरु असहाय जस्ता हुन्छन ,उनिहरुलाई हामी गरिव किन भएको,के हामी धनी वन्न सक्दैनौ या आशावादी हुन सक्दैनौ,हामीले हाम्रा पाखुराहरु श्रममा लगायौं भने हाम्रो जिवन सुन्दर वनाउन सक्दैनौ ? भन्ने यस्ता तमाम प्रश्नहरुको उत्तर खेज्न सक्ने चेतना पनि हुँदैन । यो समस्याको मुख्य कारण राज्य व्यवस्था हो भन्ने सामान्य चेतना पनि उनिहरुमा हुँदैन । उनिहरु निरास हुन्छन,राजनितिक दलका नेताहरु र सरकारप्रति घृणाको भाव प्रकछ गर्छन । संसारमा सवै चिज खतम, हामी खतम, भन्दै निरास हुने, आफुले आफ्नै मनोवल कमजोर वनाउने,कसैसङ्ग भन्न -वोल्न पनि डराउने स्वोभावका हुन्छन । यस्ता विचलित र निरास भएका युवाहरुलाई नयाँ जोस भरिदियौं भने उनिहरुको आफ्नै प्रगति र देश विकासमा युवाहरुको नयाँ भुमिका थपिने सम्भावना हुन्छ । यस्ता युवाहरुलाई राज्यले पहिलो प्राथमिक्ताका साथ रेखदेख र दिशानिर्देश गर्नुपर्दछ । तालिम,आधारभूत ज्ञानले सुसज्जित गर्नुपर्दछ । यो प्रवृत्तिका युवाहरु नेपालमा कम संख्यामा रहेका छन । यो युवा जमातप्रति राज्यको ध्यान समयमा पुग्न जरुरी छ ।
दोस्रो : आशावादी र उर्जाशिल प्रवृतिका युवाहरु
आशावादी र उर्जाशिल युवाहरु भन्नाले नयाँ जोस -जागर भएका युवाहरु पर्दछन । उनिहरु सबैका कुरा सुन्छन, सबै कुराको अनुभव पनि लिन्छन तर उनिहरु आफ्नै शैलिमा आफ्नै काम गर्दछन । निजि सम्पतिमा रमाउने खालका, हल्का स्वार्थी प्रवृतिका हुन्छन । सामुहीक काममा होमा हो मिलाउने तर नीजि कामलाई बढी समय दिने खालका हुन्छन । यीनिहरुले दुख सुखलाई सामान्य तरिकाले लिन्छन । समाजवाट सहयोग सवैबाट लिन सक्छन त्यो पनि आफ्नो फाईदाको लागि । यस्ता युवाहरु आशावादी हुने भएकोले समस्यासङ्ग जुध्ने खालका हुन्छन । यीनिहरु अर्काको देखासिकी गरिहाल्ने,कुन काममा के सम्भावना हुन्छ पत्ता लगाउने र समयमै थालनी गरिहाल्ने खालका हुन्छन ,जस्तो युटुयुव च्यानल बनाई माईक लिएर हिडिहाल्ने स्वभावका, विदेश गईहाल्ने,म्यानपावर र कन्सलटेन्सीहरु खोलेर पैसा कमाई हाल्ने खालका,परिणाम जेसुकै आवस् काम गरिहाल्ने खालका हुन्छन । बढी आशावादी, चतुर स्वभावका हुन्छन । यी युवाहरु कसैको दास वा हनुमान बन्न रुचाउदैनन् ।
स्वतन्त्र,आत्मनिर्भर,जुझारु र इच्छाशक्ति भएका युवाहरु यस भित्र पर्ने हुँदा यीनिहरुको व्याक्तिगत जीवन हरावरा हुन्छ । यो युवाशक्तिलाई राज्यले सहि भिजनमा परिचालन गर्ने हो भने देश विकासमा ठुलो प्रभाव पर्ने देखिन्छ ।

तेस्रो :पार्टीका झोले र हनुमान प्रवृत्तिका युवाहरु
जिन्दगी भरि पार्टीको झोला बोकेर राजनिति गर्छु भन्ने रातदिन पार्टीकै गुणगान गाएर बस्ने । काम पनि खासै केही हुँदैन ,फुर्सद पनि छैन भन्या जस्तो दिनभर लफाङ्गो झै हिडिरहने, पढाईमा पनि खासै रुचि नभएको, भविष्यमा के हुन्छ भनि वुझ्न नसक्ने खालका युवाहरुको जमात हो । यो अहिलेको नेपाली राजनीतिमा अलि बढी नै देखिन्छ ।उनिहरु स्कुले जीवनबाट राजनितिमा लाग्ने,विषयहरु पास नगर्ने र आफ्नो पढाई पनि छोड्ने प्रवृत्तिका हुन्छन । पार्टीको नाममा चन्दा मागेर खाने,श्रमप्रति रुचि नभएका काम गर्नेहरुलाई उल्टै हेप्ला जस्तो गर्ने, राजनितिक ज्ञान पनि खासै नभएका, तर्कभन्दा कुतर्क बढी गर्ने जिद्धि स्वभावका युवाहरु पर्दछन । धेरै खाने,बढी सुत्ने शारीरिक रुपमा पनि व्यायाम नगर्ने हातखुट्टा सुकेका ,पेट फुलेका हुन्छन,केटा वा केटी जिस्क्याउने र आवारा जस्ता स्वभाव भएका हुन्छन । यीनिहरुमा खासै आफ्नो सृजनसिलता हुँदैन ,नेताले के भन्छ त्यसलाई कपि गरेर अझ वङ्ग्यायर वोल्ने नयाँ अध्यायन,अनुसन्धान र नेताहरुलाई नै नयाँ फिटब्याक दिनेखालको त पटक्कै हुँदैन बरु अनावश्यक चालाचुकिला गर्ने,नेताहरुको दुरुपयोग गर्ने खालका हुन्छन । सहि- गलत छुट्याउन सक्दैन, गलतै भएपनि नेताले भनेको सहि मान्ने तर राम्रै कुरा भएपनि विरोधि पार्टी वा नेताहरुले भनेको गलत हो भन्ने वुझाई राख्ने चेतना हुन्छ । श्रम नगर्ने,मागेर खाने,नभए थर्काएरै खाने,सुविधा सम्पन्न ठाउँमा बस्ने, मिठो मसिनो खान खोज्ने,आफ्नो पार्टीका नेताले जे भन्यो हो मा हो मिलाउने हनुमान स्वभावका हुन्छन । पढ्दैनन् ,अल्छि गर्छन,ढोङ्गी,गफाडी,झुट धेरै वोल्ने स्वभावका हुन्छन । वोलिमा कुनै तुक नभएको,रुखो स्वभाव भएको,सकेसम्म सर्वेसर्वा आफै हो भन्ने खालका हुन्छन । अरु त मान्छे नै होईनन भन्ने ठान्दछन । पार्टीलाई राम्रो बनाउने,नेताहरुलाई सहयोग गर्ने भन्दा पनि भए नभएका अनावश्यक कुरा लगाउने,नेताहरुलाई नै फसाउने र पार्टी, समाज,व्यावसाय नै भाड्ने र विगार्ने खालका गतिविधि गरिरहन्छन । उनिहरु पैसाको लागि जे पनि गर्ने,सामजिक रुल नै तोड्ने,अपराधिक काममा समेत लागेको उनिहरुलाई थाहै हुँदैन । अन्ततःउनिहरुको स्वयम व्यक्तिगत जीवन पनि खासै राम्रो वन्दैन र जीवन धोस्त हुन्छ । यस्तो प्रवृत्तिका युवाहरु विभिन्न राजनितिक पार्टीहरुमा भेटाउन सकिन्छ । यस्तो झोले र हनुमाने प्रवृत्तिले धेरे युवाहरुलाई समाप्त पारिदिएको छ । जसको असर सिंगो देशमा परेको छ । नेपाली राजनितिक पार्टीमा लागेका युवाहरुले धेरै अध्ययन गर्ने,सृजनसिल,अनुशासित,अनिवार्य आफ्नो श्रममा वाच्ने स्वभावको बनाउन जरुरी छ । नैतिकवान नागरिक बनाउन प्रेरित गर्नु पर्दछ । राजनितिक दलहरुले पनि त्यस्ता युवाहरुलाई उचित तालिम दिएरअनिवार्य,दर्शन,राजनिति,अर्थशास्त्रको ज्ञान दिएर समाज रुपान्तरण तथा राष्ट्र निर्माणमा अनिवार्य सहभागि हुने वातावरण सृजना गरिदिनु पर्दछ । श्रममा सहभागि हुने र आफ्नै मेहेनतमा वाच्ने संस्कार विकास गरिदिनु पर्दछ । तव मात्र राष्ट्र निर्माणमा सहयोग पुग्नेछ । राजनितिमा लाग्ने सवै युवाहरु गलत मात्र छैनन , इमान्दार पनि छन । तर ईमान्दारहरुको संख्या नगण्य मात्रामा छ । उनिहरु अध्यायन गर्दछन,मेहेनती हुन्छन,आफुलाई समय सापेक्ष बनाउन तल्लिन पनि भईरहन्छन । पार्टीका नेताको आदेश पालना गर्दछन । नयाँ – नयाँ ज्ञान हासिल गरेर व्यावसाय,समुह र राजनितिक दलहरुलाई नया“ फीडव्याक दिने खालका हुन्छन ।

चौथो: वुद्धु र अराजक प्रवृतिका युवाहरु अर्को नेपाली युवाहरुमा नया“ यस्तो ट्रेण्ड विकास भएको छ । अलिअलि आधारभूत ज्ञानमात्र भएका तर आफुमात्र हिरो अरु सबै जिरो भन्ने खालका युवाहरुको विकास भएको छ । संस्कार,संस्कृति,नियम कानुनसम्वत छ छैन केही मतलव छैन। खालि युटुवमा भाषण गर्‍याछ,दुनियालाई गालिगर्दै हिड्याछ,आफुले गरेको कुरा तर्कपुर्ण छ की छैन,सत्यमा आधारित छ- छैन मुल्याङ्कन नै नगरि बोलेको छ , बोलेको छ। यस्तो बुद्दु र अराजक युवा पङत्ति विकास भएको छ । भित्रि उदेश्य एउटा हुन्छ वाहीर अर्को भनिरहेका हुन्छन । ,अहिलेका जनताहरु यीनिहरुको फेसबुके भाषणमा हो मा हो मिलाएर तछाड मछाड गरि पछाडी लाग्ने ,उत्साहित हुने पछि गएर अन्ततः सवै जनताले धोका पाउने खालको वातावरण वन्दै गएको छ । यसको ज्वलन्त उदाहारण भनेको ज्ञानेन्द्र,रवि,….हरु पर्दछन ।

विचार, दृष्टिकोण र कुनै उदेश्य नभएका,जति सामाजिक सञ्जालमा कुर्लिदैमा अहिलेका समस्याको समाधान हुनेछैन बरु जनताले धोका पाउने निश्चित छ । अरुको इसारामा पार्टीहरु निर्माण गर्ने, राष्ट्रविरोधी काम गर्ने र विदेशीको चाहाना पुरा गर्ने खालको स्वभाव हुन्छ । यो पत्ता लगाउन उनिहरुले खोलेका विभिन्न पार्टी,पार्टी भित्रको खर्चिलो र भड्कीलो खर्च सुविधा ,सम्पन्न गाडिहरुको प्रयोगवाट स्पस्ट हुन्छ । यो विलासी जीवनको पछाडी की त आफै श्रममा सहभागि भएको हुनु पर्दछ कि विदेशी डलर लगानि भएको छ भन्ने कुरा सजिलै जान्न सकिन्छ । अरुले परिचालन गर्ने वुद्धिले देश समृद्ध वन्न सक्दैन, यो पानीको फोका जस्तै एक दिन विलाएर जान्छ र जनतालाई धोका हुने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । यस्ता युवाहरुलाई राजनितिक पार्टीहरुले नेतृत्व गरेर दिशा निर्देश गर्नुपर्दछ । यीनिहरुको यो उर्जालाई सदुपयोग गर्न कुनै राजनितिक पार्टीमा सहभागी गराउन र स्कुलिङ दिन जरुरी छ । समस्याको सहि समाधान भनेको यहि हो ।

पाँचौ : लागुऔषध र दुर्ब्यसनीमा फसेका युवाहरु
माथि व्याख्या गरिएका सबै कारणहरुबाट पैदा भएका युवाहरु लागुऔषध दुर्ब्यसनमा फसेका युवाहरुमा पर्दछन । गुणस्तरीय, समयसापेक्ष र रोजगारमुलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच , उदारीकरण, सूचना प्रविधिको विकास, विश्वव्यापीकरण,उद्यमशील वातावरणको अभाव, सामाजिक विभेद जस्ता तत्त्वहरू युवा विकासको बाधक भएकोले बाध्य भएर युवाहरू लागु औषध दुर्ब्यसनिमा फसेका छन । चोरी, लुटपाट, हत्या र आतंकमा सङ्गलग्न भएका छन । नेपालका जेलहरु यस्तै युवाहरुले भरिएका छन । विकासको मुल फुटाउन सक्ने क्षमता भएका यस्ता काममा तल्लिन भएर घरपरिवार, समाज,व्यवसाय,राजनितिक पार्टी र सिङ्गो देशको बोझको रुपमा प्रस्तुत भएका छन । कैयौंले आत्महत्या समेत गरेका छन । बलात्कारका घटनाहरु दिनप्रतिदिन वढ्दैछन,विहान घरवाट निस्केका युवा युवतीहरु सुरक्षित छैनन । पुरै देश नै सुरक्षा दिनेमा असफल सावित भएको छ । समाजमा सम्पति सुरक्षित छैन,गाडि वाईकहरु सुरक्षित छैनन । हत्या,आतंक,लुटपाट ,जबर्जस्त करणी,मानव वेचविखन,चोरीडकैती र फिरौतीका केसहरु दिनप्रतिदिन वढिरहेकाछन । यी सवै केसहरुमा यस्ता प्रवृत्तिका युवाहरु धेरै नै सहभागि भएको पाईन्छ । नेपालका जेलहरुमा वढिसंख्यामा यस्ता युवाहरु नै वढिरहेकाछन ।

निष्कर्ष
नेपालको दलाल संसदिय व्यवस्था र दलाल नेताहरुले गरेका गलत हर्कत र चरम बेरोजगारीका कारण नेपालका युवाहरू रोजगारीका लागि विदेश पलायन हुनु पुगेका छन । कोभिड–१९ को घाउ अझै पुरिएको छैन जसका कारण युवाहरूले रोजगारी गुमाउदा आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाजस्ता मानव विकासका पक्षहरूमा प्रतिकूल प्रत्यक्ष असर परेको छ । त्यसैको असरले अहिले पनि बेरोजगारी दरबढ्ने, आन्तरिक र वैदेशिक रोजगारी खुम्चिने, आर्थिक वृद्धिदर नकारात्मक हुन गई गरिबी दर बढ्ने प्रवृत्तिका नकारात्मक सूचकहरूले युवाहरूको चौतर्फी विकासमा अवरोध खडा भएकोछ ।
यो समस्या समाधान गर्न युवाका लागि सहज अवसर पैदा गर्नुपर्दछ । हरेक निकायमा युवाहरुको सार्थक सहभागिताको अवसर, क्षमता विकास, स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउनु, बैङ्क तथा वित्तीय संस्थाहरूको बढ्दो सञ्जालहरूबाट आर्थिक साधन, स्रोतहरूमा पहुँच, प्रविधिमा भएको विकासले प्रविधिको हस्तान्तरण र प्रयोग, रोजगारमुलक, व्यावसायिक तथा सीप विकास, शिक्षा र तालिमको वृद्धि, वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र प पुँजीको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीमा युवाहरूलाई अग्रसर गराउनु नेपाल सरकारको दायित्व हो । नेपालको संविधान २०७२ मा मौलिक हकको रूपमा रोजगारीको हक र श्रमको हक पनि रहेको छ । यी मौलिक हकको कार्यान्वयन गर्न तथा रोजगारी प्रदान गर्न नेपाल सरकारले रोजगार तथा स्वरोजगार सम्बन्धी विभिन्न कार्यक्रमहरू युवाहरू कै लागि भनेर सञ्चालन गरे पनि त्यो पार्टी कार्यकर्ताको भरण पोषणमा सिमित भएको छ ।

नेपालमा यी तमाम समस्याको प्रमुख कारण नै दलाल संसदिय व्यवस्था हो । यो व्यवस्थालाई जरैदेखी उखेलेर यसको सट्टा वैज्ञानिक समाजवाद जवसम्म स्थापना गरिदैन तवसम्म देशका कुनै पनि युवाले अवसर,तालिम र रोजगारी पाउने छैन । त्यसकालागि सवै युवाहरु एकीकृत जनक्रान्तिमा लामवद्ध हुन जरुरी छ । एकीकृत जनक्रान्तिद्धारा वैज्ञानिसमाजवाद ल्यायौं भने मात्र यो मुलुकका युवाहरुको भविष्य उज्वल हुनेछ । युवाहरुको भबिष्य उज्वल भए मात्र देश समृद्द बन्नेछ । नत्र केवल भाषण र कुरामा मात्र समृद्धि हुनेछ यदि युवाहरु आफै सचेत भएनौं भने देश अझ ५० वर्ष पछि धकेलिने स्पस्ट छ । युवाहरुको नयाँ भविस्य वैज्ञानिक समाजदको नारा लगाएर अघि वढौ,समाजवाद स्थापनाको लागि हामी तयार भयौं भने समृद्धि हाम्रै जीवनमा सम्भव छ । धन्यवाद ।
असार३ गते२०८०
* नेपालको संविधान २०७२ मा मौलिक हक,
*एकीकृत जनक्रान्तिको कार्यदिसा,
*श्रम शक्ति सर्वेक्षण २०७४
*राष्टिय युवा निति २०


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।