१५ बैशाख २०८१, शनिबार

नयाँ पुस्ता दण्डित हुने परम्परा पुरानै रोग हो

0

             विक्रम सी

 

पुरानो पुस्ताले नयाँमा कमजोरी देख्छ । यो नयाँ संस्कार होइन र आजको नयाँ विषय पनि होइन । यो मानव इतिहाँसको जन्म संगसगै जन्मेको पुरानै सँस्कार हो । पुरानो पुस्ताले नयाँ पुस्तामाथि खोट देख्छ तर नयाँ पुस्ता हावी भई हाल्छ । पुरानो पुस्ताले नयाँ पुस्तामा जहिल्यै भाँजो हाल्छ तर सवै चुनौतीहरुमा निर्मम हुँदै नयाँ पुस्ता अघि बढ्छ । परिवर्तित इतिहाँसमा पुरानो पुस्ताले नयाँ पुस्ताको नविन सोचलाई छिटै रुचाएको पाईदैन । परानो पुस्ताले नयाँ पुस्ताको नविन कार्यलाई केटाकेटीपन ठान्दछ । सामाजमा भईरहेको या चलिरहेको भन्दा फरक तरिकाले सोच्ने तरिका, अरुको कल्पना गरेको भन्दा माथि सोच्ने तरिका, हरेक कामलाई फरक तरिकाले गर्नसकिन्छ भन्ने नविन विचार दिनेहरुलाई पुरानो पुस्ताले समाजविरोधी ठान्छ । जे अगाडि देख्यो, त्यही नै सत्य हो भनिएको समाजमा यो गलत हो सत्य अर्कै हो है भन्न खोज्नु पुरातन पुस्ताको विचारमा अपराधिक काम वन्न सक्छ  र नयाँ विचार, पुस्ता, अनुसन्धान र आविस्कार दण्डित पनि हुनसक्छ । विचार या विचारक दण्डित हुने परम्परा मानव समाजको लागि नौलो विषय होइन, त्यो आजको वैज्ञानिक सभ्यता होस् या अन्धविश्वासी समाजको पुरानो सभ्यता, प्रत्येक नयाँ विचार पुरानो विचारको हेपाई र उयेक्षामा परेकै हुन्छ । विश्व इतिहासमा यस्ता धेरै परिघटना भेटिन्छन् । नयाँ पुस्ताको विचारको रक्षा गर्नु सकारात्मक कार्य हो भने यसलाई उपेक्षा गर्नु समाजको लागि नै नकारात्मक र पिडादायीक कार्य हुन्छ । नयाँ पुस्ताको विचार जहिले पनि पुरानो पुस्तावाट हेपीएको र दविएको हुन्छ । नयाँ पुस्ताले समाजका हरेक चुनौतिहरुको डटेर सामना गरेर अझ स्पातिलो र रापिलो हुदै आएको हुन्छ र पुरातनमा विजय हाँसिल गर्छ यो नै अवस्यमभावि कुरा हो ।
२५०० वर्षपहिला पाइथागोरसले चेप्टो भनिएको सूर्य गोलो छ भनेरे अनुमान गर्ने र प्रमाणित गर्ने ग्रिक वैज्ञानिकलाई दण्डित गरिएको थियो । उनका कुरा समाजले सहजै पत्याएन, बहुला ठान्यो । सूर्य हेरेर समयको अनुमान गर्ने समयमा पोप सिल्भेस्टरले सन् ९६६ मा घडीको आविष्कार गरेर समय व्यवस्थापन गर्दा त्यसको पनि विरोध भयो र उनलाई समाजको संस्कार भत्काउने अराजक समाजविरोधि भनियो । यो संसार भगमानले बनाएको र इश्वर नै अपरम्पार भनिएको बेला इश्वरका विरुद्धमा वोल्नु,पुरानो संस्कार भत्कायर नयाँ संस्कारको सुरुवाती गर्नु तत्कालिन समयका लागि अराजक, अनैतिक र असभ्य विचार मानिएका थिए । इश्वरमाथिको हमला पनि त असामान्य थिएन । यो असामान्य हिम्मतको कुरा पुरानो विचार र पुस्ताको लागि पापी, मुर्ख,अपराधी र अधर्मी देखिने चुनौती थियो । ठुलठुला आविष्कार, चिकित्सा अनुसन्धान,अन्तरिक्षको खोज, विज्ञानको अनेकौँ चमत्कार इश्वरीय चिन्तनका विरुद्धको लडाई थियो । आज तिनै ईश्वरीय भक्तहरु विज्ञानले आविस्कार गरेको त्यहि मोबाइल, त्यही हवाईजहाज र त्यहि प्रविधिको रमाएरै प्रयोग गरेका छन तर वैज्ञानिकलाई दिनुपर्ने धन्यवाद भगवानलाई धन्यवाद दिइरहेका छन । आज विश्वका साडे सात अर्ब मानिसहरुमा सवै भौतिकवादी भैसकेका छन् किनकी उनीहरुले भौतिक वस्तुको प्रयोग गरिरहेका छन यो सवै प्रविधि मानिसले बनाएको हो र ईश्वरले बनाएको होइन भन्ने विश्वास गर्दछन्, तर यिनै भगवान भक्त भन्नेहरु विश्वमा १५ प्रतिशत मान्छे मात्र भौतिकवादी छन् भने हल्ला गरिरहेका छन् । इसापूर्व करिब ६०० को समयमा पूर्वीय भूमिमा वेदको आविस्कारमा भएको निन्दा, २५०० वर्षअघि गौतम बुद्धले अवलम्बन गरेको शान्तिको मार्गको आलोचना कम थिएन । त्यसैगरि विश्वभरि पँुजीवादी विचारको बिगबिगी भएको बेला जन्मेको नयाँ विचार माक्र्सवादी विचारको विरोध अहिले सम्म पनि मरिमेटी धर्म र पुँजीवादका ठेकदारहरु लागिरहेका छन् । विश्वभरि आम जनता पुँजीवादको विकल्प समाजवाद खोजिरहेको बेला मानवता विरोधी अमेरीकाले कम्युनिस्ट विचार राख्नेहरुलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेको छ । भैतिकवादी विचारलाई प्रतिबन्ध लगाउँने त्यही भौतिकवादी आविस्कारले उत्पादन भएका सामानहरुमा एकाअधिकार काएम गरि व्यापारमार्फत चर्को लुट मचाउने काम गरिरहेको छ । यो नयाँ विचारबाट डराएको या हारेको पुरातन विचारकहरुको व्यावहार हो भन्ने पुष्टि हुन्छ । नयाँ विचार, नयाँ आविष्कार र नयाँ अध्याय र नयाँ पुस्तालाई जुनसुकै समाज,संस्कार,पार्टी र घरपरिवारमा समेत सहजै स्वीकार्न सक्दैनन् । आजसम्म नयाँ पुस्ता र दस्तालाई सहजै ठाउँ छोडेको, बाटो खोलिदिएको इतिहाँस चलचित्र र नाटकमा पाइन्छ तर रिअल जीवनमा अहिले सम्मका कुनै सभ्यतामा पनि भेटिएको छैन ।
नेपाली राजनीतिमा नयाँ पुस्ताले हामीलाई चौतर्फी घेराबन्दी गरे भन्ने गुनासो गर्नु या पुराना पाकानेताहरुले नेतृत्व गर्दा देश असफल भयो भन्नु दुईवटै तर्क गलत हो र यस्तो तर्क गर्नेहरुमा अध्ययनकै कमी हो । यो दुईवटै तर्क गलत छ ।
हामीले बनाएको विचार आज सार्वभौम भएपनि भोली नहुन सक्छ । माक्र्सले यो भनेको, माओले उ भनेको त्यसैले नयाँ गर्नु हुँदैन,हामी कमजोर भएको बेला बाेल्नु हून्न,उसले ड्रोन हान्छ भन्ने कुरा नै विज्ञान विरोधी कुरा हो,यहि नै पुरानो पुस्ताको अकर्मण्यता हो । आफ पनि परिवर्त गर्ननसक्ने र अरुलाई पनि गर्न नदिने पुरानो पुस्ताको पुरातन विचार हो । यसले नयाँ तर्क र विचारलाई पचाउन सक्दैन । कुनै पनि विचार निरन्तर टिक्न त्यसलाई समय सापेक्षे गतिशिल वनाइराख्नु पर्दछ । त्यसमा खिया लाग्न दिनु हुँदैन । विचारहरू पनि समयक्रममा नयाँ र पुराना हुन्छन्, जसलाई निरन्तर धार लाउने र खिया झार्ने, आरन र रेती आवश्यक हुन्छ । जसरी हतियार वोदो हुन्छ त्यसले काट्न रोकीन्छ । त्यस्तै विचारको हतियार भुत्ते भयो भने काम गर्दैन र त्यसलाई निरन्तर सार्प वनाई राख्नु पर्छ । यो बनाउने र नबनाउने कुरामा पनि नयाँ र पुुरानो विचार र पुस्ताबिचको हानथाप हुने गर्दछ ।
हवाईजहाज बनाउने राइट दाजुभाइको सफल परीक्षण र लगातार परीक्षणपश्चात मात्रै मान्यता पाएको वैज्ञानिक आविष्कारले नै आज आवाजभन्दा छिटो उड्ने सुपरसोनिक हवाईजहाज सम्मको यात्रा तय भएको हो । समाजले हरेक नयाँ परिकल्पनालाई पागलपनको संज्ञा दिन्छ । सुप्रसिद्ध दार्शनिक, राजनीतिकज्ञ, अर्थशास्त्री, इतिहासकार, माक्र्सवादका प्रणेता, समाजशास्त्री कार्लमाक्र्स विचार र दर्शनको दुनियाँमा १९४८ मा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेखे यता सबैभन्दा बढी पढिएको र विरोध गरिएको विचार हो । विचारको सत्तामा माक्र्स जहिल्यै केन्द्रमा छन् । उनका विचारको विरोध होस् या समर्थन, विचारहरू गतिशिल छन्, विचारकहरू दिनरात सोचिरहेका छन् । माक्र्स पनि तत्कालीन समाजका लागि अराजक नै हुन् । परम्परागत समाजका प्रचलित लुटिखाने निएम भत्काएर नयाँ जनताको निएम सिर्जना गर्ने माक्र्सको दृष्टिकोण शक्ति र सत्ताको हालीमुहालीमा एकछत्र लुट मचाएर बस्नेको नजरमा तर्साइ रह्यो र अझै सयौँ वर्ष तर्साइ रहनेछ ।
वि.सं. १९९७ मा मारिएका चार सपुत, जसले राणा शाहीविरुद्ध प्रजातन्त्रको विगुल फुकेको परिणाममा मारिनुप¥यो । २००७ सालको परिवेशमा राजनीतिमा क्रियाशील दलहरू, प्रजापरिषद्, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी त्यतिखेर समाजविरोधी अराजक र अनैतिक गतिविधिका वाहक मानिन्थे । व्यवस्था परिवर्तनका लागि क्रान्ति र आन्दोलनको पक्षमा भएकाले उनीहरू तत्कालीन सत्ताको नजरमा आँखी हुने नै भए । ०१६ मा बिपी कोइरालाको मन्त्रीमण्डलमा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नियुक्ति आजको स्विट्जरल्यान्डमा महिलालाई मताधिकार दिनुभन्दा १२ वर्षपहिलेको घटना थियो । त्यो घटना नेपाली समाजको चेतभन्दा धेरै अघि भएको कारण सहजै ग्राह्य विषय थिएन ।
राजा महेन्द्रको ०१७ को राजनीतिक कु पछि पनि नेपाली कांग्रेस, नेकपालगायत राजनीतिक शक्तिहरू अराष्ट्रिय त्तत्व भनेर प्रतिबन्धित थिए । त्यसैले ०४६ को परिवर्तन नआएसम्म दण्डका भागीदार बनेर जेल गए, निर्वासनमा बसे या भूमिगत बने । २००६ सालमा लमजुङमा हलो जोत्ने अगुवाइ गरेका हरिभक्त, शेषकान्त र तोयानाथ लगायत (२७ बाहुन) ले गरेको प्रतीकात्मक विद्रोह, समतावादी समाजले पचाउन सकेन । त्यो व्यावहारले समाजले बिग्रेको, बहुलाएको, जात फालेको भनेर चित्रण गरेर परिवर्तनकारी चेतनालाई खिसीटिउरी गरेर जेल कोचेको थियो । समाजमा नयाँ विचार अपच हुन्छन । यो हरेक समयको, हरेक समाज र देशको विडम्बनायुक्त परिस्थिति हो । नयाँलाई निषेध, प्रतिरोध र हतोत्साहित गर्न पुरानो सत्ताले अनेकन् हथकण्डा प्रयोग गर्छ । समाजमै प्रतिकारको भाष्य निर्मित गरेर लडाउन र सामाजिक अस्वीकृतिका लागि ज्यादती गर्छ । दमन र उत्पीडनको सहारा लिन्छ । प्रतिकूल परिस्थिति निर्माण गरिदिन्छ ।
लक्ष्मीप्रसाद देवकोटाले साहित्यमा नयाँ लहर ल्याइदिए, तर शासकहरू उनको चेतविरुद्ध थिए र उनी पनि बहुला बनाइए । बालकृष्ण समले आधुनिक नेपाली महाकाव्यमा परम्परागत महाकाव्य लेखनको केन्द्र कुलीन र सम्भ्रान्त नायक बनाउने चलनलाई विस्थापन गर्दै ‘चिसो चुलो’ महाकाव्य (२०१५) मा अछुत भनिएको समुदायको एक सामान्य पात्रलाई नायक बनाएर महाकाव्यमा नयाँ नायकको प्रस्तावना गरेर एउटा क्रमभंग गरिदिए । यो साहित्यिक कर्मको पनि शास्त्रीयतावादीहरूले व्यापक र धुवाँदार विरोध गरे । ०६२ मा ‘बिसे नगर्चीको बयानमा’ कवि श्रवण मुकारुङले पृथ्वीनारायण शाहको समकक्षता प्रदान गरेकामा पनि विमति राखियो । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको एकलौटी जस दिएको पढ्दै आएको समाजले बिसेले यो राज्य मेरो पनि हो यसमा मेरा पुर्खा र सबै नेपालीको इतिहास रक्षा र इतिहास परिवर्तनको हिस्सा मागेको कविता लेख्दा अपच ठानियो ।
०५२ सालको जनयुद्ध र सत्ता परिवर्तनको हुँकार पनि सरकारको नजरमा आतंककारी गतिविधि थियो । सरकारले प्रचण्ड, बाबुराम, मोहन वैद्यलगायत माओवादी नेतालाई ‘आतंककारी’ घोषणा गरी हतियारद्वारा नियन्त्रण र नियोजन गर्ने बाटो समायो । प्रचण्डहरूको टाउकाको मोल तोकियो र बहालवाला मन्त्रीहरू टाउकाको मूल्य तोकिएकाको टाउको झोलामा हालेर ल्याउनेलाई झोलाभरि पैसा दिने भाषण गर्दै हिँडे । ०५५ जेठदेखि माओवादी विद्रोहीविरुद्ध ‘किलो सेरा टु’ नामक घातक अप्रेसनलगायत अनेक कारबाही गरिए । सेना परिचालन गरियो । माओवादीलाई कानुन हातमा लिने अराजक जत्था र आतंककारी भनियो । यी सब त्यो समयका विद्रोही चेतमाथिको संगठित र योजनाबद्ध गरिएको भौतिक आक्रमण थियो । कुनैवेला राजसंस्थाको विरोध गर्नेले आजिवन जेल र गोलिको जवाफ पाउँथे । राजाविरुद्ध बोल्नु पापको श्रेणीमा पथ्र्यो ।
नयाँ विचार बोक्दैमा या नयाँ हुँदैमा सजिलै स्थापित हुदैन । आजसम्मको इतिहाँसमा कैयौं नविन विचार नयाँ गर्छु भन्ने पुस्ता र सोचको गर्भमै तुहिएका छन । नेपालको राजनीतिक इतिहासमा प्रजा परिषद् एकादेशको कथा बन्यो । नयाँ भन्नेबित्तिकै राम्रो हुन्छ भन्नु पनि गलत हुन्छ । नयाँलाई स्थापीत नहुन्जेल पुरानोले दवाउन खोज्छ । नयाँ सोच,विचार र चिन्तन या नयाँ मान्छेले जेजस्ता चिन्तन अघि सारेर समाजमा तरंग पैदा गरेपनि ती सब तत्कालीन समयका लागि अराजक,अनैतिक,अयुगीन र केटाकेटी विचार मानिन्छन् । नविन विचार निर्माण हुन्छ,वहसमा जान्छ, ज्ञान बन्छ र समाजमा लागु हुन्छ । पुरानो विचारलाई प्रतिस्थापन गर्न सहज हुँदैन, तर नयाँ विचार र नयाँ पुस्ताहरू पुनस्र्थापित भएरै छोड्छन ।, सामान्य मान्छेले परिकल्पना गरेको भन्दा पृथक परिकल्पना गर्न सक्नु नै नविनतम सोच हो । यो सोचले मात्र समाज रूपान्तरण र परिवर्तनको आजको अवस्थाको नेतृन्व गर्ने हो ।
कुनैवेला दलितले छोएको खानेहरू र सबै मान्छे समान हुन् भन्नेहरू,पत्रपत्रिका पढ्नेहरू, फ्लिम हेर्ने , रेडियो सुन्ने, प्रेम विवाह गर्ने, स्कुल खोल्ने, आधुनिक गीत, संगीत सुन्ने र गाउने, ¥याप गाउने, कविता लेख्ने, प्रेमपत्र कोर्ने र घरभित्रै चर्पी बनाउनेहरू समाज विरोधि र अराजक मानिन्थे उस्तैपरे दण्डित पनि हुन्थे । आज पनि नयाँ विचार निर्माण गर्ने,नयाँ चिन्तन र सैलिमा काम गर्नेहरू मुर्ख र घमण्डि ठानिन्छन । नेपाली समाजमा एकीकृत जनक्रान्तिको नयाँ विचार आज समाजमा स्थापित भैसकेको छ । यो स्थापीत हुन समाजका धेरै आरोह अवरोह खेप्नु पर्यो । एकीन जनक्रान्ति तय गरेपछि विभिन्न समाजमा नयाँ तरंगहरु उत्पन्न भए । आफुलाई माक्र्सवादी विष्लेषक भन्ने हरुले धेरै आरोपहरु लगाए,धेरै पाका दार्शनिकहरुले माक्र्सवन्न खोजेको समेत आरोपीत गरे पुराना दिग्गज मानिएका शिद्धान्कार र प्रख्यात भनिएका विष्लेषकहरुको पछाडि समाज र परिश्थिति गएन । एकीकृत जनक्रान्तिले जेजे परिकल्पना गरेको थियो त्यो अनुसार आज नेपालका राजनितिक पार्टी र वुद्धिजिवी त्यहिकुराको वहसमा छन । काँग्रेस भित्रपनि आज मध्यमवर्गलाई कसरि पार्टीमा जोड्ने भन्ने वहस गरिरहेको छ । अहिलेको व्यवस्थाले समाजका तमाम् समस्याहरु हल गर्न सकेन यसको हल नयाँ व्यावस्थाले नै दिनुपर्छ भनेर आज नेपालका राजनितिक दल वुद्धिजिवी,समाजसेवी पत्रकार सवैमा वहस चलिरहेको छ । यो कुरा वाहालवाला मन्त्रिले पनि स्वीकार गर्ने अवस्था आएको छ । यो सवै कुरा महासचिव विप्लवले पहिला नै एकीकृत जनक्रान्तिमा उठाई सकिएको नविनतम सोच हो । यो संकेत एकीकृत जनक्रान्तिको नविन विचार आमरुपमा स्थापित भैसकेको स्पस्ट हुन्छ । समस्या आईसकेपछि त जस्ले पनि देख्दछ तर समस्या नआउनु पहिला नै देख्नु त्यो नेताको कुशल विशेष्ता हुन जान्छ । विप्लव नेतामात्र होईन शिद्धान्तकार नै भैसक्नु भएको छ । उहाले माक्स र माओले प्रतिवादन गरेका शिद्धान्तहरुमा नपुगेका या नयाँ कुरा थपेर परिस्कृत गरिसक्नु भएको छ । को एकीकृत जनक्रान्ति पढ्ने हो भने उहाको योज्ञदा सिद्धान्तमा, वैज्ञानिक समाजवादमा,राजनीति, रणनीति र कार्यनीतिमा समेत धेरै नयाँकुरा थप गर्नु भएको हामी देख्न सक्छौँ । तर यो कुरा पनि आफुलाई अहिलेका दिग्गज कम्युनिस्ट नेता भन्ने हरुले भने सहजै स्वीकार्ने अवस्था छैन ।, किनकी पुरानो पुस्ताले नयाँ पुस्तामा जहिल्यै खोट देख्छ, पुस्तान्तरणमा भाँजो हाल्छ, तर सब बाधा व्यवधान पन्छाउँदै नयाँ पुस्ता अघि बढिरहन्छ र यो नै समाज विज्ञानको अनिवार्य नियम नै हो । पुरानो पुस्ताले नयाँ पुस्तामा जति खोट देखे पनि नयाँ सोच र नयाँ पुस्ताले समाजको नेतृत्व गरि छाड्ने छ । पुरानो पुस्ताले आत्मसमर्पण गर्नेछ र हार्नेछ । यो नियम सवैमा अनिवार्य लागु हुन्छ ।
धन्यवाद !
२०८० फागुन १३


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।