२७ बैशाख २०८१, बिहीबार

गुल्मीमा नेकपाद्वारा राष्ट्रिय संकट र समाधानबारे सर्वपक्षीय अन्तरक्रिया

0

गुल्मी । नेकपा गुल्मीले तम्घासमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा पोलिटब्युरो सदस्य एवं पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सीले सरकार वा राज्यसंयन्त्रमा पात्रहरु बदलेर मात्रै राष्ट्रिय संकट समाधान नहुने बताउदै संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवादमा जानुपर्ने बताए । उनले मिसन ८४ जनताको आँखामा छारो हाल्ने र जनतालाई भ्रमदिने नाटक मात्रै भएको बताउदै अहिलेदेखि नै संसदीय व्यवस्थाको विकल्पमा सर्वदलीय र सर्वपक्षीय सहमतिद्धारा समाजवादको आधार निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण सुनारले देशको राष्ट्रिय संकटबारे गाउँ स्तरसम्म छलफल गर्नुपर्ने बताउदै गणतन्त्र आइसक्दा पनि दलितहरुमाथि सामाजिक विभेद कायम रहेकोमा दुःख ब्यक्त गरे । नेकपा माओवादी केन्द्र गुल्मीका इन्चार्ज विरबहादुर कार्कीले अहिलेको संकटको कारण संविधानमा त्रुटि रहेको बताउदै समाधानका लागि दलहरु सच्चिनुपर्ने बताए ।

  नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम महतले देशको अहिलेको राष्ट्रिय संकट दलहरु स्वयं भएको बताउदै सबै सच्चिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला नेता कमल अर्यालले गणतन्त्रले बोल्न मात्रै दिएको बताउदै संघीयता आवश्यक नभएको बताए । पूर्व प्रदेश सांसद गिता थापाले जनयुद्धले महिलाहरुलाई संसदमा पुर्याएको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका नेता कृष्ण पराजुलीले पुराना दलहरुप्रतिको निराशाले आफ्नो पार्टी बनेको बताउदै भ्रष्टाचारको समाधान हुन नसके पार्टी परित्याग समेत गर्न तयार रहेको बताए ।


रेसुंगा संरक्षण समितिको अध्यक्ष सुरेशचन्द्र भुसालले अहिलेसम्म सत्तामा जाने दलहरु असफल भएको बताउदै भ्रष्टाचारले देश विग्रिएको बताए । बुद्धिजीवी दानबहादुर केसीले दलहरुका कारण जनतामा असन्तुष्टि र निराशा पैदा भएको बताउदै संकटको समाधान दलहरुले नै गर्नुपर्ने बताए । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राजन पोखरेलले युवा पलायन रोक्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला इन्चार्ज खोमा सीले अन्तरक्रियाको उद्देश्य, विषयवस्तु र महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी बसन्त सीले गरेका थिए । कार्यक्रममा अवधारणा पत्र वाचन केन्द्रीय प्रतिनिधि सदस्य बुलेट सीले गरेका थिए । केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपाले सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।