७ जेष्ठ २०८१, सोमबार

पृथकतावादी नेता दलाई लामाको नेपाल भ्रमण स्थगित

0

काठमाडौँ – तिब्बतका पृथकतावादी नेता तथा धर्मगुरु दलाई लामाको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। लामाको नेपाल भ्रमणलाई चीनले एक चीन नीतिनितिको बर्खिलाप मान्दछ । भ्रमण स्थगित भएसँगै नेपाललाई आधार शिविर बनाएर चीनबिरुद्ध लामालाई नेपाल भ्रमण गराउने अमेरिकी दवाब असफल भएको छ ।

लामाको नेपाल भ्रमण भएको भए अनर्थ हुनसक्थ्यो र नेपाल एक चीन नीतिकोविरुद्ध भएको मानिन्थ्यो। छिमेकी देशको अखण्डताकोविरुद्ध जाँदा के हुन्छ ? भन्ने पछिल्लो नजिर युक्रेन छ।

८ मार्चमा दलाई लामाको कथित स्वतन्त्रता दिवस पर्दछ । सरकारले अमेरिकी दबाव झेलेर लामाको भ्रमण रोकेपनि उत्सव भने नरोकिने भएको छ । नेकपाका स्थायी समिति सदस्य अनिल सीले सरकारले एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन्नु पर्ने बताएका छन् । जनपत्रिकासँग कुरा गर्दै अनिलले पृथकतावादी अभियानलाई निस्तेज पार्नुपर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।