९ माघ २०८१, बुधबार

अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीसहित उपप्रधानमन्त्रीले गरे सुनथराली विमानस्थलको उद्घाटन

0

कालिकोट – २०४२ सालदेखि निर्माण सुरुभएको कालिकोट कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । उपप्रधानमन्त्री खड्कासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेकपा निकट अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तामझामका साथ विमानस्थलको उद्घाटन गरेका हुन् ।

आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्ण खड्कासहितका नेताहरुले विमानस्थलको उद्घाटन गरेका हुन् । नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरि विमानस्थलको उद्घाटन गरेका थियो ।

पानसमा बत्ती बालेर विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताए। विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे।

विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनको प्रतिबद्धता छ।
सो अवसरमा नागरिक उड्डयनमन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए। ‘कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेका छैनन्। यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्ने प्रतिबद्धता गरेको छ्न किराँतीले भने। साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उनको उद्घोष छ।

०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन। ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परिक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन।

कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।