
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले दंगिशरण गाउँपालिकामा सहिद , बेपत्ता परिवार एवम घाइतेहरुलाई अभिनन्दन गरेको छ ।
सोमबार जनयुद्धका महान सहिद , बेपत्ता परिवार तथा घाइतेहरुलाई अभिनन्दन गरिएको नेकपा पश्चिम दाङले जनाएकको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम् दाङ जिल्ला प्रदिप सीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य धर्ती सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , नेकपा पश्चिम दाङका जिल्ला कमिटी सदस्यहरु प्रतिरोध सी , प्रकृति सी , मनोज सी , अरुणा सी , अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम दाङ जिल्ला कमिटी सदस्य भावना सी , सहिद परिवारको तर्फबाट सीता बस्नेत , युवा संगठन नेपालका नेता आकाश सी लगाएतको आतिथ्य रहेको थियो ।
अभिनन्दन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम् दाङ जिल्ला प्रदिप सी , सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य धर्ती सी , गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी, सहिद परिवारको तर्फबाट सीता बस्नेत , युवा संगठन नेपालकि केन्द्रीय सदस्य जिवनी सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य प्रकृति सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य एवम सहिद पुत्र प्रतिरोध सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर नगर इन्चार्ज भुवन सीले गरेका थिए भने अध्यक्षता पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गरेका थिए ।