४ जेष्ठ २०८१, शुक्रबार

सहिद सप्ताहको अवसरमा बारामा सहिद परिवारलाई सम्मान

0

सहिद सप्ताहकाे पहिलो दिन आज दक्षिण बाराले फाेटा गाउँपालिकामा सहिद परिवारलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिक सी थिए भने दक्षिण बाराको सेक्रेटरी जिज्ञाशु सीकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सहिद परिवारलाई ब्युरो इन्चार्ज रक्तिम सीले दाेसल्ला ओेढाएर सम्मान गरेका थिए । समाजसेवी कुसलवा नि खातुनलाई पनि सम्मान गरिएकाे थियो ।
ब्युरो इन्चार्ज रक्तिम सीले कार्यक्रममा सम्बाेधन गर्दै सहिदका सपना पूरा नभएको भन्दै उनले देश र जनताको रक्षा र समाजवाद हुँदै वैज्ञानिक समाजवादसम्म नपुगि आफुहरुकाे संघर्ष नराेकिने दाबी गरे । कार्यक्रमकाे संचालन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे केन्द्रीय सदस्य इमरान सीले गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य मुक्तार सीले गरेका थिए । उक्त कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, कृषक लगाएतकाे उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।