२० बैशाख २०८१, बिहीबार

सहिद सप्ताह: झापाका ७ ठाउँमा कोणसभा, सहिदको सपना पूरा गर्ने प्रतिबद्धता

0

झापा । सहिद सप्ताहको पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी संयुक्त झापाको आयोजनामा झापाको दमकदेखि काकडभित्तासम्मका ७ ओटा मुख्य मुख्य चोकहरुमा मोटरसाइक र्यालीसहित कोण सभाहरु सम्पन्न भएका छन् ।

दमकबाट सुरु भएको र्याली पछि दमक बसपार्कमा पहिलो कोण सभा सम्पन्न भयो । जसमा पश्चिम झापाका इन्चार्ज संजय सीले मन्तव्य राखेका थिए । त्यस्तै झिलझिले बजारमा सौगात सी, सुरुङ्गामा हुकुम सी, बिर्तामोडमा प्रशान्त सी, चारआलिमा सुवास सी र धुलाबारी काकडभित्तामा अर्जुन सी र नेकपा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले मन्तव्य राखेका थिए ।

शहिदहरुको सपना पूरा नभएको बताउदै सुमनसिंहले शहिदको सपनामाथि प्रतिकृयावादीहरुले हमला गरिरहेको कुरा आफुहरुलाई मान्य नहुने बताए । जनता र देशले दु:ख पाएको यो बेला झन् धेरै सहिदको सपना सान्दर्भिक भएको स्मरण गर्दै सुमनसिंहले आफुहरु बलिदान गर्ने तर देश र जनताको मुद्दाबाट कहिलै पछि नहट्ने उद्घोष गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।