२० बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी रौतहटद्वारा सहिद परिवारलाई सम्मान

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी रौतहटले सहिद परिवारलाई सम्मान गरेको छ। सोमबार सहिद सप्ताहको अन्तिम दिन महान जनयुद्धका सहिदका परिवारलाई सम्मान गरिएको हो। सहिद परिवारलाई खाँदा माला लगाएर सम्मान गरिएको थियो।

रौतहट जिल्ला इन्चार्ज शिवशंकर सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिम सी रहेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव जितेन्द्र सी ले गरेका थिए

सहिद सुरेन्द्र ठाकुरका बुबा आमा सीताराम/ हिरा देवी, सहिद गोपाल यादवकी पत्नी लालपरी यादव, सहिद मेगु पासवानका भिनाजु  धर्मेन्द्र पासवान र सहिद नवल किसाेर शाहका ठुलाे दाइ शुरेन्द्र साहलाई ब्युरो इन्चार्ज रक्तिम सीले सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।