५ जेष्ठ २०८१, शनिबार

नेकपा नेता डि आर सीद्वारा खेलकुद सामग्री हस्तान्तरण

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं ३ नं जिल्ला समिति इन्चार्ज डिआर सीद्वारा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। आज तिलागुफा ६ कालिकोटको सत्यदेवी माध्यमिक विद्यालयमा दुई वटा भलिबल हस्तान्तरण गरेका हुन्।

नेता डिआर सीले विव्यसा शिक्षक र विद्यार्थी राखेर हस्तान्तरण गरेका थिए।

उनले हस्तान्त्रण गर्दै अहिलेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले मुलुक गम्भिर संकटमा परेको भन्दै यसको समाधान नेपाली विशेषताको समाजवाद बाट हुने भनाई राखेका थिए। उनले समाजवादी व्यवस्थामा हुने वैज्ञानिक शिक्षा प्रणालीले मात्र युवा विद्यार्थीको भविष्य सुन्दर बनाउने धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।