७ बैशाख २०८१, शुक्रबार

आज देखि सहिद सप्ताह शुरू

0

फागुन १४, काठमाडौं /आज फागुन १४ गते ! आजको दिनलाई जनयुद्धकाे पहिलो बलिदानी दिवसको रूपमा मनाइने गरिन्छ ।

वि.स. २०५२ साल फागुन १४ गते आजकै दिन गाेर्खाका ११” वर्षीय दिलबहादुर रम्तेलकाे तत्कालीन सरकारका सुरक्षाकर्मी द्वारा माओवादीकाे आराेपमा निर्ममतापूर्वक गाेली हानी हत्या गरिएको दिन हाे ।

याे दिनलाई जनयुद्धको सहिद दिवस पनि भन्ने गरिन्छ । आजदेखी फागुन २१ गतेसम्म सहिद सप्ताहको रूपमा सहिद परिवारसँग भेटघाट, सहिदहरूकाे फाेटाेमा माल्याअर्पण, खेलकुद प्रतियोगिता लगायतका विभिन्न रचनात्मक कार्यक्रम गरि याे दिवस मनाउने गरिन्छ ।

याे दिवसलाई विषेश गरि माओवादी घटकहरूले मनाउने गर्दछन । नेपालमा आमूल परिवर्तनका लागि तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध शुरू गरेको थियो ।

जनयुद्ध दबाउन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्य आतंक तथा जनदमन गर्दै निहत्या, निर्दाेष ११ वर्षीय बालक रम्तेलकाे जनयुद्ध शुरू भएको १४ दिनभित्र हत्या गरेको थियो ।

त्यसपछि तत्कालीन सरकारका भयानाक जनदमनलाई प्रतिरोध गर्दै जनयुद्ध एकपछि अर्को विजयको नजिक पुग्यो ।

जनयुद्धमा एकपछि अर्को विजयी सँगै करिब १० हजार नेपाली आमाका छाेराछाेरीहरूले उच्च बलिदान गरे ।

जनयुद्ध रणनैतिक रक्षा, रणनैतिक सन्तुलन र रणनैतिक प्रत्याआक्रमणको चरणसम्म पुग्यो ।

हजारौं सहिदहरूकाे रगतले लाखौं नेता कार्यकर्ता, जनमुक्ति सेना, जनसत्ता, जनअदालत, जनकम्युन र आधार इलाकाकाे निर्माण हुन पुग्यो ।

जसले गर्दा पुरानो सत्ता विघठनको संघारमा पुग्यो भने नयाँ जनवादी सत्ता करिब ८० प्रतिशत भूभागमा संचालन भयो ।

पुरानो सत्ता भित्रकाे विघठनले दरबार हत्याकाण्डकाे जन्म गरायो भने ज्ञानेन्द्र निरंकुश राजाको रूपमा अगाडि आए ।

राजा ज्ञानेन्द्रले जनयुद्ध माथि दमन मात्र हैन संसदवादी पार्टीमाथि समेत प्रतिबन्ध लगाउदै संसदवादी नेताहरूलाई जेलमा काेचे ।

नेपालकाे राजनीतिमा राजतन्त्रलाई हटाउन र गणतन्त्रलाई स्थापना गर्न माओवादी र संसदवादी पार्टीका नेताहरू बीच २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति भयो ।

त्यसपछि नेपालमा २०६२/०६३ काे दाेस्राे जनआन्दोलन भयो । नेपालमा सविधानसभाकाे चुनाव मार्फत बनेको सविधानसभाले २०६५ जेठ १५ गते विधिवत रूपमा राजतन्त्रको अन्त्य गरि संघीय लाेकतान्त्रिक गणतन्त्रको स्थापना गर्याे ।

गणतन्त्र घाेषणा पछि जनयुद्धका प्रमुख पात्र प्रचण्ड नेपालको अहिलेसम्म ३ पटक प्रधानमन्त्री बनिसके तर पनि जनयुद्धका प्रथम सहिद रम्तेल देखि जनयुद्धका सबै सहिदहरूले राष्ट्रिय सहिदहरूकाे मान्यता पाउन सकेका छैनन् ।

जनयुद्धको लक्ष्य र उद्देश्य परित्याग गर्दै दलाल पूँजीवादी र साम्राज्यवादीहरू सामु प्रचण्डले आत्मासमर्पण गरेका कारण जनयुद्धको उपलब्धि गुमेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत क्रान्ति अगाडि बढाई रहेको छ ।

नेकपाले दलाल पूँजीवादी व्यवस्थाकाे अन्त्य गरि बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरेसम्म जनयुद्धका प्रथम सहिद रम्तेल, सबै जनयुद्धका सहिद र एकीकृत जनक्रान्तिका सहिदहरूकाे सपना साकार नहुने बताएको छ ।

नेकपाले आज देखि शुरू भएको सहिद सप्ताहकाे अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।