८ बैशाख २०८१, शनिबार

चर्को महङ्गी विरुद्ध भोलि देशव्यापी जनप्रदर्शन

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा आकासिँदै गएको महङ्गीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गएको भन्दै भोलि देशव्यापी जनप्रदर्शन गर्ने भएको छ। खाध्यान्न, तरकारी ,यातायात भाडा , दुध, फलफूल लगाएत जनजीवनका दैनिक वस्तु तथा सेवाहरुको मुल्य छोई नसक्नु भैरहेको बेला राज्यले मुल्य वृद्धि नियन्त्रण गर्नुपर्ने र नागरिकको दैनिक जीवन सहज बनाईनु पर्ने माग सहित नेपाल कम्युनिस्ट पार्टीले जनप्रदर्शनको आयोजना गरेको हो।

पछिल्लो पटक मुल्य वृद्धि , बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर ,मिटर ब्याज र भ्रस्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर , किसान, उध्योगी, व्यापारीहरु सडकमा आउने स्थित आएको भन्दै त्यस विरुद्ध विरोध , प्रदर्शन र आन्दोलन गर्दै आएको नेकपाले फाल्गुन १५ गते देशभर विभिन्न जिल्ला सदरमुकाम , शहर ,र्चोकहरुमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताएको छ।

भने राजधानी काठमाडौको माइतीघर मण्डलाबाट बिहान ११ बजे जुलुस सहित बानेश्वर चोकमा सभामा परिणत गर्ने कार्यक्रम रहेको कुरा पोलिटब्युरो सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज कृति सीले हामीलाई जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।