१४ बैशाख २०८१, शुक्रबार

नेकपा सल्यानले २८ औं बलिदान दिवस मनायो, शहिदका सपना पकडेर क्रान्ति जारी छ: सविन

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानले २८ औं बलिदान दिवस मनाएको छ। जिल्लाकाे बागचाैरमा नेकपा सल्यानले एक विशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको हाे। बलिदान दिवसकाे अवसरमा नेकपा सल्यानले बागचाैरमा कार्यक्रम गर्नुपुर्व एक र्याली निकालेकाे थियोे । बागचाैर बजार परिक्रमा गरेर र्याली शहिदगेट पुगेर काेणसभामा परिणत भएको थियो ।
काेणसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युराे इन्चार्ज सविन सीले नेपाली जनताले जनयुद्धमार्फत राखेका इच्छा, चाहना र उदेश्य पूरा नभएकाले आफ्नो पार्टीले क्रान्ति जारी राखेको छ बताए । ब्युराे इन्चार्ज सविन सीले प्रचण्ड बाबुरामहरुले क्रान्तिमा जनतालाई धाेका दिएर बिचमै छाेडेका शहिदका सपना पकडेर आफ्नो पार्टीले क्रान्ति जारी राखेको बताए ।
काेणसभा पछि अर्को बिशेष कार्यक्रम गरेर पार्टीले शहिद परिवारलाई अभिनन्दन गरेको थियो । शहिद सप्ताहकाे पहिलो दिन गरिएको साे शहिद परिवार अभिनन्दन कार्यक्रममा शहिद परिवारहरुकाे तर्फबाट आफ्ना धारणा व्यक्त गर्दै शहीद झक्कु प्रसाद पुन ‘निर्मम’ कि जिवनसंगिनी हेमन्ता सीले शहीदका सपना पूरा गर्न आफ्नो जीवन नै बाजी लगाउनु परे पनि आफू तयार रहेको बताइन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा राप्ती ब्युराे कार्यालय सदस्य विकास सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीम सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरि पुन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा दक्षिण जिल्ला सचिव वीर बहादुर सीकाे अध्यक्षता र उत्तर जिल्ला सचिव मदन सीकाे संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई पार्टीका बागचाैर नगर इन्चार्ज टाेप बहादुर सीले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।