१२ श्रावण २०८१, शनिबार

सहिद सप्ताहको पहिलो दिन मकवानपुरमा तीन महिने अभियान उद्घाटन

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज तीन महिने अभियान उद्घाटन गरेको छ । सहिद सप्ताहको पहिलो दिन पारेर जिल्ला पार्टीले ‘संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान’ उद्घाटन गरेको हो ।

महान जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको सहादत भएको दिन फागुन १४ गतेलाई पहिलो दिन मानी नेकपाले सहिद सप्ताह मनाउँदै आएको छ । अभियानकै क्रममा नेकपाले साताभरी सहिद परिवारसँग भेटघाट गरि एक आपसमा दुखसुख बाँड्ने, प्रोत्साहन दिने र परिवारजनलाई क्रान्तिप्रेमी बनाउने उद्देश्य लिएको छ ।

पार्टीले सहिद सप्ताहको पहिलो दिन पारेर अभियान उद्घाटन गरेको हो । पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यतामा भएको सहिद सप्ताह उद्घाटन कार्यक्रमकै बीचबाट नेकपा मकवानपुरले ३ महिने संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान पनि उद्घाटन गरेको छ । अभियान सन्चालनका लागि जिल्ला इन्चार्ज राम सी, सेक्रेटरी सुर्य सी र अखिल (क्रान्तिकारी) नारायणी व्युरो इन्चार्ज विवेक सी को नेतृत्वमा तीन अभियान टोलि बनाएको छ ।

तीन ओटा अभियान टोलिले तीन महिनासम्म अभियान सन्चालन गर्ने भएको छ । अभियानमा बनिसकेको संगठन सुदृढ गर्ने र थप नयाँ संगठन निर्माण गर्ने उद्देश्य लिएको छ । साथै अभियानको क्रममा जनतासँगै श्रममा पनि सहभागी हुने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।