८ बैशाख २०८१, शनिबार

सहिद आवासीय मा. वि. पोखरामा अखिल (क्रान्तिकारी) द्वारा खेलकुद तथा शैक्षिक सामग्री वितरण 

0

कास्की: अखिल (क्रान्तिकारी) पश्चिम गण्डक व्युरोले पोखराको सहिद आवासीय मा. वि. मा शैक्षिक तथा खेलकुद सामग्री वितरण र विद्यार्थीहरुसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा फलफूल, पुस्तक, कपि, भलिबल, फुटबल, ब्याटमिन्टन, चेस लगाएतका सामग्रीहरु वितरण गरेको अखिल (क्रान्तिकारी) का कास्की जिल्ला संयोजक केशले बताए । संगठनका ब्युरो इन्चार्ज प्रकाश सी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका ब्युरो इन्चार्ज राजन सी ले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेकपा जनयुद्धको मुल्य मान्यताबाट विचलित नभएर नै एकीकृत जनक्रान्तिमर्फत वैज्ञानिक समाजवाद ल्याउने अभियानमा लागेको बताए । कार्यक्रममा जिल्ला इन्चार्ज उभार, सेक्रेटरी काजी, प्रधानाध्यापक कल्पना चिलुवालले मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य सुशिला सी ले जनयुद्ध झल्काउने गरि गीत प्रस्तुत गरेकी थिइन् । क्याम्पस जिल्ला संयोजक सचिनले सञ्चालन गरेको कार्यक्रममा कास्कीका जनसत्ता प्रमुख परिवर्तन लगाएत जिल्लाका नेताकार्यकर्ताहरु, विद्यालयका शिक्षक कर्मचारीहरुको राम्रो उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।