
विक्रम सी
पूँजीवादले संसार भरिका मानव जातिहरुको चरम शोषण, दमन, हत्या र आतंक पैदा गरिरहेको आजको अवस्थामा विश्वका झण्डै साढे सात अर्ब मानिसहरुमा साढे ६ अर्ब मानिस पूूँजीवादको विकल्पमा समाजवाद खोजिरहेका छन् । आज विश्वको सारा सम्पतिमा झण्डै आधा भन्दा बढी सम्पत्ति १०० जना अर्बपतिहरुले लुट्न सफल भएका छन् । पूँजीवादी अर्थतन्त्र जनविरोधी भयो र यसले जनताको हित अनुरुप काम गर्न सकीरहेको छैन । पुजीवादी व्यवस्था भएका एसिया, अफ्रिका र अमेरिकी क्षेत्रका मुलुकहरूको स्थिति डर लाग्दो छ । पुँजीवादले गरेको प्राकृतिक स्रोतहरुको बह्मलुट, युद्ध, आतंक र बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । पुजीवादका मालिकहरु समाजवादी व्यवस्था ल्याउने विश्वका कम्युनिस्ट पार्टीहरुबाट यति धेरै त्रसित छन् की आफ्नो पकड क्षेत्रमा कम्युनिस्ट पार्टीलाई पूर्ण प्रतिबन्ध लगाईरहेका छन् । पुँजीवादीहरु कम्युनिस्टको हसिया हतौडा लोगोबाट डराउने या तर्सिने जस्तो भईरहेको छ । विश्वका धेरै अविकसित र अर्धविकसित देशहरु जहाँ पूँजीवादी व्यवस्था चलिरहेका छन् तिनै देशहरुमा कम्युनिस्ट पार्टीप्रति जनलहर चलिरहेको छ । पुजीवादी व्यवस्था विरुद्ध सशक्त मोर्चाबन्दी चलिरहेको छ । कम्युनिस्ट पार्टीहरूले समाजवादी क्रान्तिको झण्डा उठाउन थालिसकेका छन् । यी मुलुकहरू कतै सामन्तवाद,साम्राज्यवाद र निगम पुँजीवादका विरूद्ध अझै संघर्षरत छन् । उनीहरू नयाँ तरिकाले समाजवादी क्रान्तिलाई अघि बढाउँदै छन् । समाजवादी व्यवस्था विश्वका जनताको रोजाईमा परेको छ । कोरोनाको वेला समाजवादी देश भनि चिनिने चीन, नर्थकोरीया, क्युवा, भियतनाम जस्ता देशहरुमा त्यहाँको व्यवस्था र अर्थतन्त्रले त्यहाँका जनताको जीवनप्रति जिम्मेवार बन्दै राष्ट्रको सबै अर्थतन्त्र मानवीय जीवन सुरक्षित कसरी गर्ने भनि मानविय जीवन बचाउन सफल भयो । मानवीय जीवन बचाउन पूर्ण रुपमा सफल भयो । त्यो देशले अर्थतन्त्र भन्दा मानविय जीवन प्रमुख बनायो मानविय जीवनलाई सुरक्षा दिन सफल भयो तर पुँजीवादी देशको नाईके अमेरिका र तत्कालिन ट्रम्प सरकारले मानविय जीवनभन्दा अर्थतन्त्र प्रमुख हो अर्थतन्त्र बचाउँ भनि खुल्ला अभिव्यक्ति दिदै हिडे र जनताको तिव्र आलोचना व्यहोर्दै चुनावमा पराजय भुग्नु बाध्य भए । जुन वक्तव्य बाजीले ती देशहरुमा नरसंहार भयो लाखौं लाख मान्छेको ज्यान गयो । जुनघटनाले ट्रम्पको सरकार नै अन्त्य भयो तर समाजवाद भनिएका देशका सरकारले जसरी जनताको जीवन सुरक्षा गर्न सफल भय यो व्यवहार विश्वका पुँजीवादलागु भएका देशका जनताहरु पनि समाजवदी व्यवस्था प्रति आकर्षण पैदा गरेको छ । साम्राज्यवादी र पूँजीवादीहरुको बेईमानीका कारण विश्वका आम जनताहररु आजित भैसकेका छन् । समाजवादी व्यवस्थामा जान हतार गरिरहेका छन् । अमेरीका आफुलाई प्रजातन्त्र र लोकतन्त्रको आदर्श ठान्छ तर त्यसैले नै संसारभरिका देशमा सत्रुतापूर्ण व्यवहार गरिरहेको छ । आफुलाई मानवअधिकारको ठेकदार ठान्ने अमेरीका विश्वमा हत्या आतंक मच्चाईरहेको छ । जापानमा आणविक बम हानेर निर्दोष जापानी निहत्था जनता र आम बच्चाहरुको ज्यान लियो । तर त्यसको कलो खाएर मानवअधिकारको वकालत गर्ने पाल्तुहरुले बाेलेनन् । आज विश्वभरिका देशहरुमा प्राकृतिक स्रोत साधनको लुट गरिरहेको आफुलाई मन नपर्ने देशका नेताहरुलाई वम प्रहार गरि व्याक्ति हत्या गरिरहेको छ तर त्यसका मानव अधिकारवादीहरु चुप लागेर बसेका छन् यिनको मानवअधिकार कसले वकालत गर्ने यसको मिचाहा व्यवहार कसले मानिदिन्छ । यो व्यवहार विश्वका जनतालाई मन परेको छैन । जसको कारण अमेरिकी पुँजीवाद विश्वका जनताबाट बहिस्कृत भईरहेको छ ।
नेपालका कम्युनिष्ट पार्टीहरूले अघि बढाईरहेको जनवादी क्रान्ति पनि त्यही समाजवादी विश्व क्रान्तिकै अभिन्न अंग हो । यसरी सिंगो विश्व अहिले वैज्ञानिक र समुन्नत समाजवाद प्राप्तिको दिशामा नै अघि बढिरहेको छ । प्रत्येक देशहरू वा जनताहरू पनि आफ्नो देशको ठोस परिश्थितिको ठोस विश्लेषण गर्दै ऐतिहासिक सामाजिक परिस्थिति अनुसार समाजवादकै महान लक्ष्यतिर अघि बढिरहेका छन् । त्यसैले यो सबैको साझा मुद्धा बनेको छ । त्यस लक्ष्यमा पुग्ने अलग-अलग देशका प्रस्थान बिन्दुहरु अलग हुन सक्छन्, अघि बढ्ने प्रकृया र तरिकाहरू अलग हुन सक्छन् तर सबैको गन्तब्य एउटै हो । समाजवादी चिन्तन कसरी उत्पन्न भयो यो केही खास मानिसहरूको कल्पना मात्र हो या यो प्राकृतिक ऐतिहासिक विकासको अनिवार्य उपज हो भन्ने प्रश्नको उत्तर बुझ्न हामीले आदिम साम्यवादको उत्पत्ति र विकासको प्रकृयाबाट अहिलेसम्मको परिस्थितिको सहि विश्लेषण गर्नु पर्दछ । आजको विश्व विकासको भिन्न भिन्न अवस्थाबाट अघि बढिरहेको छ र संयुक्त राष्ट्रसंघको सदस्यता लिएका वा नलिएका करिब २०० देशहरू छन् । ति मध्ये समाजवादी मुलुकहरू समाजवाद निर्माणको अभ्यासमा छन् । समाजवादको अभ्यास गर्दै अघि बढिरहेका छन् तर समाजवाद पूर्णरुपमा ल्याईसकेको भने छैनन् । यिनी देशहरूको लक्ष्य पनि समुन्नत समाजवाद पुर्ण समाजवाद लागु गर्ने नै हो । एउटा आदर्श समाजमा रूपान्तरण गर्ने लक्ष्य नै हो । अन्य सबै पूँजीवादी मुलुकहरूका जनता पनि सोझै समाजवादतिर जाने ऐतिहासिक प्रक्रियामा देखिन्छन् ।
नेपालमा पनि समाजववाद एक निर्वीकल्प व्यवस्था भईसकेको छ । विश्वका जनताहरु पुँजीवादबाट समाजवादमा जाने सवै जनताको साझा उदेश्य बन्नमा पनि मुख्य ३ वटा साझा लक्ष्यहरू छन् । यिनै तीनवटा लक्ष्यले समाजवाद आजको साझा विषय बनेको छ । तिनै लक्ष्यहरुमा पहिलो पर्यावरणीय संकटको समाधान र विश्व वातावरणको सुरक्षा हुनुपर्छ ।,दोस्रोमा विश्व संकटको समाधान र मानविय आवश्यक्ताको परिपूर्ति हुनुपर्छ । तेस्रो पुँजीवादी युद्धआतंक बन्द गरि मानव अधिकारको सुरक्षाको ग्यारेन्टि हुनुपर्छ । यी ३ धारणा आजका आम साझा धारण र मुद्धा हुन् जसले गर्दा यसको समाधान पुँजीवादले होइन समाजवादले नै गर्दछ । नेपालमा पनि यो सार्वभौम विषय बनिसकेको छ । सत्ता बचाउन गरेको तिव्र गठजोड र गठबन्धन भत्काउने र नयाँ बनाउने सरकारी व्यवहारले पुष्टि गरेको छ । नेपालमा संसदिय व्यवस्थाले पैदा गरेका तमाम समस्याहरुको समाधान यो पुँजीवादी संसदिय व्यवस्थाले होईन समाजवादले दिन्छ भन्नेमा नेपालका सत्तासन्चालकहरु स्वयम् पुगेका छन् यो नै यथेष्ट प्रमाण हो । यसको फाईदा उठाउन पुरातन राजावादीले टाउको उठाए पनि यो समाधान होइन
समाजवाद लोकप्रीय हुनुमा : आज विश्वभरि आ–आफ्नो देशलाई कसरी पूँजीवादी चंगुलबाट मुक्त गराउने र कसरी मानवजातिले खुला आकाशमुनी स्वच्छन्द रूपले बाँच्न पाउछन् भन्ने कुराको खोजी गरिरहेका छन् यो समाजवादमा मात्र सम्भव छ । आम मानिसले पुँजीवादी आर्थिक वितरण प्रणालीबाट मुक्त भै समाजवादी समानुपातिक आर्थिक वितरण प्रणाली लागु हुनुपर्छ ।, हत्या हिंसाबाट पूरै विश्व मुक्त हुनुपर्छ । व्यक्ति धनी बन्ने होडबाजीबाट मुक्त भै समाजविकासमा सहयोग गर्नेतर्फ अग्रसरता देखाउनु पर्छ ।, विश्वशान्ति कायम हुनुपर्छ ।, आणविक युद्ध हरतरहले रोकिनुपर्छ । प्रत्येक राष्ट्रहरू निशस्त्रीकरण हुनुपर्छ । वर्तमान सैनिक बजेट कट्टा गरी मानवीय कार्यमा तथा पर्यावरण सुरक्षातर्फ लगाउनुपर्छ । औद्योगिक मुलुकहरूले विकासवान देशहरूलाई आर्थिक सहयोग गर्नुपर्छ । कच्चा पदार्थको शोषण बन्द गर्नुपर्छ । प्रदुषण निर्यात गर्ने काम बन्द हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा मान्छे मान्छे एकै हुन भन्ने भावनाको विकास हुनुपर्छ ।, औद्योगिक पूँजीवादी राष्ट्रहरूले विकासाेन्मुख राष्ट्रहरूलाई दिइएको ऋण मिनाहा गरिनुपर्छ ।, विश्वशान्तिको लागि सबै पूँजीवादी राष्ट्रहरूले शान्ति तथा मैत्री सन्धिमा खुल्ला आत्मले सही गरिनुपर्छ गलत सन्धिहरु खारेज गर्नुपर्छ ।, यी सबै जनताका साझा मागहरुको सम्वोधन समाजवादी व्यवस्थाले मात्र गर्नसक्छ । समाजवाद विश्वका बहुसंख्याक जनताहरुको रोजाईमा परेको छ ।
अहिलेसम्मको ऐतिहाँसिक खोज र अनुसन्धानबाट के कुरा पुष्टि भइसकेको छ भने आदिम साम्यवाद नै मानव जीवनको साम्यवादी समाज थियो जुन प्राकृतिक र वैज्ञानिक चेतना भन्दा भिन्न मानव समाज हो । आदिम साम्यवादी समाज सुरुवाती सभ्यता हो जुन आफ्नो विकासको प्रारम्भिक अवस्थामा सामुदायिक जीवनका रूपमा जिउने गर्दथ्यो । यो सभ्यतामा मानविय जीवन त्यो एउटा अवचेतनमा बनेको साम्यवादी समाज थियो । सबै सामूहिक रूपमा बस्तथे, सामुहिक रूपमा उत्पादन वा आर्जन कार्यमा संलग्न हुने गर्दथे । त्यसरी प्राप्त आर्जनलाई सबैका बीचमा न्यायोचित रूपमा वितरण गरेर उपभोग गर्दथे । कसैसँग पनि निजी सम्पत्ति, निजी परिवार भन्ने कुरा थिएन । उनीहरू आफ्नो समुदायका अगुवा एउटालाई सम्प्रदाय प्रमुख वा गण प्रमुख चुन्दथे । सबै उसले भने बमोजिम वा उसको अगुवाई बमोजिम चल्दथे । उनीहरूलाई आजका जस्ता नैतिकताका कानुनी बन्धनहरू पनि थाहा थिएन, सभ्यता थाहा थिएन, परिवार, व्यक्तिगत सम्पत्ति, नाता गोता, मानव समाजको बारेमा र आफुसँग रहेको चेतनाका बारेमा पनि ज्ञान थिएन । उनीहरूसँग वैज्ञानिक ज्ञान थिएन । पछि मानवीय व्यवहार अधि बढ्दै जाने क्रममा नै उनीहरूको चेतनाले पनि विकास गर्दै गयो । यस बारेमा चाल्स डार्विनको चेतनाले गरेको प्रकृतिको विकास सम्बन्धि अध्ययन अनुसन्धानले मानव चेतनाको ढोका खोल्यो । मानव समाज सम्बन्धि वैज्ञानिक चेतनाको विकास गर्ने क्रममा अमेरिकी वैज्ञानिक मोरगनले गरेका खोजहरू अत्यन्त महत्वपूर्ण छन् । उनीहरूका महत्वपुर्ण व्याख्या र निष्कर्षहरूको समेत अध्ययन गरेर कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले मानव समाजको ऐतिहासिक विकासको नियमलाई विकास गर्नुभयो । मानवजाति प्रारम्भमा लामो समयसम्म एउटा सामुदायिक जीवनमा रहन्थ्यो र एउटा समाजवादी वा साम्यवादी समाज थियो । तर त्यो विकासको अत्यन्त प्रारम्भिक अवस्थामा थियो । त्यो वैज्ञानिक दृष्टिकोण, ज्ञान, विज्ञानमाथि आधारित जीवन थिएन । तर पनि मानव समुदायको त्यो जीवन सामुहिकतामाथि आधारित थियो । त्यहाँ मानिसद्वारा मानिसमाथि शोषण थिएन, अन्याय र अत्याचार थिएन, दमन र उत्पीडन थिएन । उनीहरू विषम प्राकृतिक वातावरणसँग जुध्दै र संघर्ष गर्दै सामुहिक जीवन बाँचिरहेका थिए । त्यसैले कार्लमार्क्सले त्यस समाजलाई आदिम साम्यवादी समाज भनेका छन् । त्यस समाजको चरित्र त्यो समाजमा मानिसका निम्ति अत्यावश्यक उत्पादनका साधनहरू माथि कसैको पनि निजी स्वामित्व थिएन । प्राकृतिक जगतमा जे जति उत्पादनशील वस्तुहरू पाइन्थ्यो तिनीहरूमाथि समूहको सामुहिक हक थियो । एउटा समाजवादी वा साम्यवादी समाजमा हुने सबैभन्दा प्राथमिक विशेषता पनि त्यही हो । आदिम समाजवादी समाजको आधारभूत चरित्र भनेको उत्पादनका साधन माथि सामूहिक स्वामित्व नै हो । हामीले भनेको समाजवाद पनि यहि हो । हामीले भनेको साम्यवादी समाज वैज्ञानिक चेताले लैस अहिलेको विज्ञान प्रविधिको विकासलाई मानविय जीवनमा उच्च चेतनाका साथ प्रयोग गरि वर्ग, राज्य, कानुन, सरकारविहीन सचेत मानविय साम्यवाद प्राप्त गरि सभ्य शान्त र समृद्ध समाज निर्माण गरि स्थायी सुख शान्ति प्राप्त गर्ने माहान उदेश्यको लागि समाजवादी व्यवस्थाको परिकल्पना गरिएको हो । यो विश्वको जनताको लोकपृय व्यवस्था बनिसकेको छ । नेपालमा पनि नेपाली विशेषताको समाजवादको लागि सबै जनता एक हुने सहि समय आएको छ । नेपालका सबै कम्युनिस्टहरु, बुद्धिजिवीहरु देशभक्तहरु, राष्ट्रवादी पत्रकार समाजसेवी सबै आम जनता एक हुन जरुरी छ । नेपाली जनताको समाजवादमा जाने उत्कट चाहनालाई पूरा गर्ने बेला भएको छ ।
धन्यवाद !
२०८० फागुन २४