२२ बैशाख २०८१, शनिबार

नेकपाका महासचिव विप्लवलाई कालिकोटको फोईमा भव्य स्वागत

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई कालिकोटको फोइको रावतवाडामा स्थानीय जनताले भव्य स्वागत गरेका छन ।

आईतवार विहान जुम्लाबाट स्याउ लगाउनको लागि फोईमा पुगेका महासचिव विप्लव सहितको केन्द्रीय नेताहरुको टिमलाई स्थानीय जनताले भव्य स्वागत गरेका हुन ।

जनताले जनताको नेता जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद,नेकपा जिन्दावाद,स्याउ रोपौं उत्पादन बढौं, जस्ता गगनभेदी नारा लगाउदै पञ्चेवाजा बजाउदै भव्य स्वागत गरेका छन । महासचिव विप्लवलाई स्थानीय जनता तथा कार्यकर्ताले नाचगान गर्दै र रमाउउदै स्वागत गरेका थिए ।


स्वागत गर्न आएका स्थानीय जनताले जनताको एजेण्डा उठाउने र बोल्ने नेता आएकाले स्वागत गर्न आएको बताएका छन ।

स्वागतका लागि आएका स्थानीय लक्ष्मी प्रसाद पाण्डेले समाजवादका लागि यस्तो नेता कोही नभएको भन्दै स्वागत गर्न आएको बताए ।
स्वागतमा सहभागी अधिकांस स्थानीयहरुले राष्ट्रकोे हितमा केही गर्न सक्ने नेता भएकाले भव्य स्वागत गर्न आएको बताए ।

स्वागत कार्यक्रममा विभिन्न राजनीतिक पार्टीसंग आस्था राख्ने नेता कार्यकर्ताहरुको पनि उल्लेखनिय सहभागीता रहेको थियो ।

स्वागतमा सहभागी ७२ बर्षिय मणीचन्द्र पाण्डेले महासचिव विप्लव कृषि क्रान्तिका लागि उत्पादमा सहभागी हुन आएकोमा गर्भ लागेको भन्दै वास्तविक जनताले खोजेको नेता भेटाएकाले स्वागतमा आएको बताए ।

उनले भने ‘संसदीय व्यवस्थालाई खारेजी गरी क्रान्तिकारी समाजवाद हुनुपर्छ,हाम्रो चाहाना छ, हामी विप्लवले उठाएको कुरामा खुसी छौ,त्यही नारा लिएर विप्लव लागेका छन, हाम्रो सपना पुरा होस भन्छु ।’ केही समय भित्रै महासचिव विप्लवले रावतवाडामा स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।