५ जेष्ठ २०८१, शनिबार

प्रवासी नेपालीको सम्मेलन सम्पन्न

0

प्रवासी नेपाली जनसमाज भारतको तेस्रो राष्ट्रिय सम्मेलन, भारतको हरियाना राज्यको साेनिपत शहरमा शनिबार सम्पन्न भएको छ । नेकपा निकट साे प्रवासी नेपालीको सम्मेलन नेकपा स्थायी समिति सदस्य शिलु सीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अन्य अतिथिहरुमा केन्द्रीय सदस्य आराेहलगायत थिए । माेर्चाका अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य आजाद सेनाको अध्यक्षता, विष्णु मल्लको सञ्चालन र दामोदर पंगेनीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि शिलुले ३ वटा मैनबत्ति बालेर गरेकी थिइन् । हिजो अबेर सम्पन्न सम्मेलनकाे बन्दशत्रले ४५ सदस्यीय कार्यसमिति र सल्लाहकार समिति गठन गरेको छ । भारतभरि प्रवासी नेपालीको प्रतिनिधित्व रहेको साे संगठनले आइतबार अपरान्ह हरियानामा घाेषणासभा गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।