२२ बैशाख २०८१, शनिबार

उत्पादनसंग जोडिएको राजनीति नहुदा गोलचक्करको राजनीति भयोः विप्लव सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा उत्पादनसंग जोडिएको राजनीतिक नहुदा गोलचक्करको राजनीतिक मात्र भईरहेको बताएका छन ।

आईतवार कालिकोटको फोई स्थित रावतवाडामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लवले उत्पादनसंग जोडिएको राजनीतिक नहुदा नेपालमा गोचक्करको राजनीतिक भएको बताएका हुन ।

महासचिव विप्लवले तातोपानी गाउँपालिका ३ का दिलिप सीले संचालन गरेको ‘दिलिप एण्ड सीमा फलफुल नर्सरी उद्योग’ले सहयोग गरेको २ सय फुजी स्याउको विरुवा ग्रहण गर्दै र स्याउको विरुद्ध रोप्दै स्याउ रोपनको सुरुवात गरेका छन ।

उनले भने ‘नेपालमा कुर्सीको वरिपरि राजनीतिक घुमेको छ, अहिले पनि राजनीतिक गोलचक्करमा छ, जनतामा निरासा छ, बेरोजगारी बढेको छ, युवाहरु विदेशतिर गएका छन, यसलाई उत्पादनको सुरुवात गरेर रोक्न हामी चाहान्छौ ।’

महासचिव विप्लवले जनताको पक्षमा काम गर्नेहरुलाई जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै जनताले मन्त्री गनेर बस्नु पर्ने र परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी भएको बताए ।

‘एमसीसी एसपीपी लगायतका सम्झौताले नेपालमा अमेरिकाले आफ्नो सेना राख्न खोजेको छ’ उनले भने ‘देश र जनता माथि हुने कुनै पनि हस्तक्षेप स्वीकार गर्दैनौ, जनता र देशको सेवा गर्ने बाहेक अरु हाम्रो कुनै स्वार्थ छैन ।’

उनले नेपालको गोलचक्कर राजनीतिक र दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्ने ठोकुवा गरे ।
‘समाजवादले केही न केही नयाँ गर्ने छ, हामीले नेपालका समाजवादी शक्तिहरुलाई समाजवादमा लिने प्रयास गरेका छौं ‘महासचिव विप्लवले भने, ‘जाजरकोट र रुकुम भूकम्पमा हामीले आफ्नै पार्टीको उत्पादन गरेको चामल दिन सक्यौ, लघुवित्त पीडितहरुलाई पनि आफ्नै उत्पादनको चामल दियौ ।’

उनले नेपाल आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न तराईमा धान,पहाडमा सुन्तला र हिमालमा स्याउ र जडिवुटीको उत्पादनको तयारी गरेको बताए । महासचिव विप्लवले पार्टीलाई ३ बर्ष भित्र आत्मनिर्भर र चन्दामुक्त पार्टी बनाउने पनि दावी गरे ।

स्याउ रोपन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी,केन्द्रीय सदस्यहरु विराट,विवेक सी लगायत नेता कार्यकर्ता र जनताको सहभागीता रहेको थियो ।

स्याउ रोपन कार्यक्रमको अध्यक्षता कालिकोट जिल्लाका अध्यक्षता नेकपा कालिकोट जिल्लाको इन्चार्ज बलवान सीले गरेका थिए भने संचालन जिल्ला सचिव रमेश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।