२२ बैशाख २०८१, शनिबार

नाबालक शिशु बोकेर विप्लवसंग स्याउ रोप्दै गरेकी जगशिला

0

कालिकोट । आफ्नो नावालक शिशु पिठ्यूमा बोकेकी जगशिला शाही(पाण्डे) नेकपाले स्याउ रोपिरहेको फोईको रावतवाडामा भेटिन ।
उनको पिठ्युमा २३ महिनाको नावालक शिशु छोरा रियान पाण्डे थिए । तर जगशिला भने नेकपाका महासचिव विप्लव सीसंग खेतमा धमाधम स्याय रोप्नमा व्यस्त देखिन्थिन ।

उनलाई बच्चा पिठ्युमा भएको पनि कुनै प्रवाह थिएन । उनले स्याउ रोप्ने कार्यक्रममा सहभागी हुन पाउदा आफू निकै खुसी भएको बताईन ।
जगशिलाले नेकपाका महासचिव विप्लव सी विकट ठाउँमा स्याउ रोप्न आउलान भन्ने कल्पना सम्म गरेकी थिईनन् ।

तर अकस्मात उनको अगाडि विप्लव नै आई पुगे । उनले विप्लव भनेको बम पट्काउने र बन्दुक पट्काउने मात्र जानेका नेता हुन भन्ने बुझेकि थिईन ।
उनलाई जनपत्रिको टिमले स्याउ रोपिरहेका बेला वारीमै भेट्यो । उनीसंग लिएको संक्षिप्त प्रतिक्रियामा विप्लव बाहिर भने जस्तो बम र बन्दुक पट्काउन जानेको नेता मात्र नभएको बुझन पाएको बताईन ।

उनले विप्लव कृषि खेतिका लागि फोईमा पुगेर स्याउ रोप्न लागेको देख्दा बच्चा भएपनि निकै हर्षित भएर पार्टीले आयोजना गरेको स्याउ रोप्न आएको बताईन ।

३० बर्षिय जगशिलाको घर भने तिलागुफा नगरपालिकाको वडानम्वर ३ बदमवाडा हो । उनले विप्लव आउने कुराले आफुलाई निकै उत्साहित बनाएको र आएपछि खुसीले सीमा नाघेको बताईन ।

उनले भनिन् ‘विप्लव भनेपछि डर देखाईन्थ्यो, डरलाग्थ्यो,तर त्यो विप्लव रहेनछन, विप्लव त साँचीकै जनताको जननेता रहेछन, अरु पार्टीका नेता भन्दा निकै फरक भेटाए ।’

जगशिलाले विप्लव गाउँमा पुगेर श्रम गर्दा उत्पादन गर्ने जागर फैलाएको र पार्टीलाई आवश्यक परे अरु जमिन दिन तयार भएको बताइन ।
नेपालका युवाहरु विदेशीयका छन,रोजागारी पाएका छैनन् आज हाम्रा जमिन वाँझा छन, हामीलाई यस्तै श्रम गर्ने, उत्पादन गर्ने र रोजगारी दिने नेता चाहिएको छ, जगशिलाले भनिन् ।

महासचिव विप्लवले पनि आफ्नो पार्टीले जनतासग जोडिएर उत्पादनको काम गर्न चाहेको बताए । उनको कुराले उत्साहित भएकी जगशिला सहित अरु स्थानीय जनता विप्लवसंगै स्याउ रोप्नमा व्यस्त थिए ।

नेकपाको स्याउ रोप्ने वारीमा भेटिएका ५६ बर्षिय दलविर रावतले विप्लवको स्याउ रोप्ने कुरा सबैका लागि प्रेरणाको विषय भएको बताए । उनले विप्लवलाई राज्यले समयमै नबुझेका कारण प्रतिवन्ध लगाएर द्धन्द्धतिर देशलिन खोजेछ भने ।

दलविरले भने ‘विप्लव साँचीकै श्रम र उत्पादनसंग माया गर्ने नेता रहेछन, राम्रो लाग्यो, अरु पार्टीका नेताहरुले पनि विप्लवबाट सिक्नु पर्छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।