१२ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चा:वैचारिक विकास र नयाँ प्रयोग

0

विषय प्रवेश

असार ४ गते समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । जनताको व्यापक सहभागिता र भव्य उत्साहाकासाथ समाजवादी मोर्चा निर्माण सङ्गै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन । सामाजिक सन्जालहरुमा संयुक्त मोर्चाको वहस भईरहेको छ । समाजवादी मोर्चाको वारेमा विभिन्न टिकाटिप्पणीहरु हुनु स्वभाविकै हो । यो मोर्चालाई कसैले अस्तित्व रक्षाका लागि वनेको गठजोड भनेका छन । कसैले प्रचण्डको कार्यनीतिक चालवाजी भनेका छन । कसैले सरकार ढाल्न वनाईएको मोर्चा, कसैले महापतन,कसैले संसदिय चुनाव लड्न गरिएको गठजोड भनेका छन।,योगेश भट्टराईले यो मोर्चा वृद्धहरुको कलव भएको र काम नभएको प्रतिकृया दिएकाछन। प्रतिक्रिया र टिपणीकारहरुले जसले नकारात्मक आलोचना गरेका छन तिनिहरु की त केही नवुझ्ने बुद्धुहरु या दलालहरुद्धारा परिचालित मान्छे हुन या राजावादी हुनु पर्दछ,की त उनिहरुले अहिलेको विकसित परिस्थिति वुझेका छैनन । कि वुझिवुझि वुझ पचाएका छन ।

जसले महापतन भनेका छन उनिहरु कम्युनिस्ट पार्टीको नाममा चन्दा उठाउने र बाडेर खाने चेतना भन्दा माथि उठेको देखिदैन। यस्ताको कुरा कस्ले पत्याउने र मान्ने, जे होस वढीभन्दा वढी मान्छेहरुले यो सकारात्मक भएको अहिलेको संकट मोचन गर्न सवै कम्युनिस्टहरु एक हुनुपर्ने र सवै जनतालाई एक ढिक्का वनाउन समाजवादी मोर्चाले पहल गरेको प्रतिक्रिया दिएका छन । यही विष्लेषण नै अहिलेको वस्तुवादी वुझाई र चेतनावाट पैदा भएको सच्चाई हो । जसले जे जे भने पनि राष्टिय सभाको उपस्थिति,हजारौं जनताको उत्साहा र सहभागिता अनि हुटिङ्गले यो मोर्चाले सफलता हासिल गरिसकेको पुष्टि भइसकेकोछ ।

समाजवादी मोर्चा निमार्ण विचारको विकास हो

समाजवादी मोर्चा निर्माण किन आवश्यक भयो । नेपालमा समाजवाद एक्लैले हासिल गर्ने विषय हो या यो मोर्चा संसदिय चुनावमा सहभागि बन्न गरिएको हो भन्ने तमाम भ्रमहरु सामाजिक सन्जालमा छर्ने काम भईरहेको छ । यो एकता र स्वतन्त्रताको दन्द्धमा आधारित मोर्चा हो । यो संसदीय दलाल सत्तामा रहेका ३ पार्टी र सडक संघर्षमा रहेको नेकपा विच भएको संयुक्त मोर्चा हो । यो आफैमा एक नया प्रयोग पनि हो । समग्र देशको वस्तुस्थिति नयाँ ठाउमा आएको छ । सरकार,पार्टी, सत्ता, वर्गसंघर्ष, हाम्रो व्यावहार नयाँ ठाउमा आउदा हामी पुरानै ठाउँमा वस्यौं भने हामी कसरी राजनितिमा सफल हुन्छौं । जुन पार्टीले आफुलाई नयाँ ठाउमा विकास गर्न सक्छ त्यसैले नै देशका तमाम समस्याको हल गर्न सक्छ र देशको होल नेतृत्व गर्न सक्दछ । त्यो भुमिका ४ पार्टीले निर्वाह गर्न पहल गरेका छन यो नै नयाँ हो। यसलाई पुनवृत्ति वुझ्नु संकिर्णता र जड को वुझाई हुन्छ ।

समाज परिवर्तनशिल छ भनि स्वीकार गर्ने तर आफ्नो जीवनलाई परिवर्तन गर्न नसक्ने सवै भन्दा अवैज्ञानिक संकिर्ण त्यही हुन्छ । आफुलाई कम्युनिस्ट भन्नेहरुले यो संकिर्णता प्रकट गरिरहेका छन यीनिहरु कुरागरि खाने पार्टीमा परिणत भएकाछन । सहि कम्युनिस्ट भए समाजवादी मोर्चा निर्माणमा खुस्सी पो हुने हो एसमा पिडा हुनुपर्ने केही कारण छैन । समाजवादले उहाँहरुको के नै विगार्छ र किन दुखी हुन पर्ने,यो सामान्या मानिसले वुझ्ने कुरा भएन र । नेपालमा अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रुममा एमसीसीको व्यानरमा सेना लिएर आएको छ । नेपालमा राम्रो गर्छु भन्नेहरुलाई नै गिरप्तार गरि जेल हाल्छ ।

युवाहरुको अवस्था दर्दनाक छ ,दिनदाहाडै चोरी, हत्या ,वलत्कार र मानव वेचविखन भईरएको छ ,अर्थतन्त्र धोस्त भएको छ ,सामान्य जनताको जीवनयापनमा समस्या पैदा भएको छ । व्यासायीहरु टाट पल्टिने अवस्था छ । पैसा केही दलाल र माफियाहरुले लुकाईरहेको अवस्था छ । भारतले नेपालको भुमी समेटेर आफ्नो नक्सा निर्माण गरि सिमा अतिक्रमण गरिरहेको छ । सरकारको वाहालवाला मन्त्रिहरुलाई नै जेल हाल्ने प्रपञ्च रचिएको छ । सहिदहरुको अपमान गरिएको छ । हिजो संघिय गणतन्त्र ल्याउन जीवनमरणको लडाई गर्नेहरुलाई अपराधिक वनाउन प्रयत्न हुदैछ ।

२५० वर्ष जनतालाई लुट्ने राजावदीहरुले ठाडो शिर गरेर सडकमा उफ्रीरहेका छन । भ्रस्टाचारका केसहरु दिन प्रतिदिन एकपछि अर्को चुलिदैछन । नियमन निकाए मुखदर्शक वन्नु पर्ने अवस्था आएको छ । सरकारमा हाई प्रोफाईल भएका मान्छेहरु नै मानव तस्करी गरेको अभियोगमा जेल परिरहेका छन । चरम खाध्य संकट छ। हाम्रा युवाहरु केही अपराधिक लागुऔषध कारोवारको काममा संलग्न भएका छन र नेपालका जेलहरुमा भरिन विवस छन । केही युवाहरु मानसिक रोग र डिप्रेसनका सिकार भएर आत्महत्या गर्न वाध्य भएकाछन । केहि युवाहरु विदेशी भुमीमा सस्तो श्रम वेच्न विवस छन ।

हाम्रा दिदिवैनिहरु खाडिमा विचिएका छन,आईरनले डामीएका छन,मृत्युवरण प्राप्त गर्नु परेको छ । नेपालका नेताहरु कुर्सीको दाउपेचमा लागेका छन । हाम्रो खानी अमेरीकी जल्लादहरुले उत्खलन गरिरहेका छन । वन सुरक्षित छैन,खानि सुरक्षित छैन,सिमा सुरक्षित छैन । यस्तो संकट हुँदा हामी एक जिम्मेवार राजनितिक दल हुनुको नाताले हाम्रो विचारलाई नयाँ उचाईमा विकास गरेर समस्याको हल गर्न खोज्नु गलत कसरी हुन्छ ? हामीले यो देशको नेतृत्व गर्नु पर्दछ । यो समस्याको समाधान सहि विचार,नेतृत्व र कार्यदिशाले मात्र सम्भव हुन्छ । नेपाल कम्युनिस्ट पार्टी र समाजवाद चाहने पार्टीहरुले नै यसको हल दिने हो र त्यो नैतिक जिम्मा लिन हाम्रो पार्टी र माओवादी आन्दोलनवाट आएका पार्टी अगाडी सरेका छन । यो नै नयाँ विचार,लाईन,व्यावहार र संस्कारसंस्कृतिको विकास हो । यो कुरा सवैले अनुसरण गर्नु पर्दछ । यो कुनै नेतालाई झोक चलेर बनाईयको विषय होईन, यसको रणनैनिक महत्व छ ।

देशी बिदेशी षड्यन्त्र विरुद्ध एक भएर लड्ने देशलाई मुक्त गर्ने कुरासङ्ग सम्वन्धित छ । यसमा कुनै पार्टीका मान्छेहरुले मनगणन्ते रहर,लहट प्रकट गर्ने होईन यसको सहमति पत्र वनेको छ त्यो सहमति पत्रअनुसार आफ्नो लक्ष्य चुम्न कालजयी भएर अघि वढ्नेछ । यो माहाअभियानमा विरोध र समर्थन ,थपिने र भाग्ने प्रक्रिया निरन्तर चल्ने छ । थाक्नेहरु भाग्ने र नयाँ जोस र जागर भएका मान्छेहरु सहभागि हुनेकुरा निरन्तर रहिरहन्छ र नयाँ सम्भावना चुम्नेछ ।

देश पीडामा पर्दा समाधान दिन हामी तयार नभएर अरु को हुन्छन ? के दलालहरुले यो समग्र विषयको हल दिन सक्छन ? यो प्रक्रिया दलालहरुवाट सम्भव छैन, त्यसैले सवै कम्युनिस्टहरु यो मोर्चामा लामवन्द हुनु पर्दछ । यदि कोही पनि वास्तविक कम्युनिस्टहरु छन भने,समाजवाद लक्ष्य हो भने ढिलो किन गर्ने । आउनुहोस संगै जाउ के तपाई एक्लैले अमेरिकी साम्राज्यवाद सग लड्न सक्नुहुन्छ । तपाईको एकल प्रयासले नेपालमा समाजवाद आउछ यो कदापी सम्भव छैन । छोडिदिनुस सर्त र स्वार्थहरु हिजो कसले के गर्‍यो,को के थिए त्यो पनि छोड्नुहोस जनताको नयाँ भविश्यका लागि एकपटक हामी सवै एकतावद्ध वन्नु पर्दछ । एकतामा नै वल हुन्छ । हाम्रो एकता, जनताको एकताले नै समग्र देशको भविस्य उज्वल वन्दछ ।

हामी हाम्रो लक्ष्यमै छौं

६महिन अगाडी हाम्रो महाधिवेशनको निष्कर्ष विचार सिद्धान्त मिल्नेदङ्ग एकता, राजनीतिक उद्देश्य मिल्नेसग संयुक्त मोर्चा र मुद्दा मिल्नेसग कार्यगत एकता गर्ने थियो । सरकारमा जाने, चुनाव लड्ने र त्यतै हराउने हाम्रो राजनिति लाईन पनि होईन त्यो भ्रम पाल्न जरुरी पनि छैन ।हामी हाम्रो योजनामा सफल बन्दै गएका छौं । यो देश र जनताका लागि खुसीको कुरा हो । यसले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद कुनैपनि मुल्यमा सफलतातिर लिन्छ भन्ने विश्वास दिलाएको छ । हाम्रो पार्टी र मोर्चाले माजवाद नेपालमा व्यवहारतः स्थापना गर्न सक्दछ । यसले मात्र विजय हासिल गर्छ ।

नेकपाले एकीकृत जनक्रान्ति छोडेको छैन,संसदीय व्यवस्थाको चुनावमा हामी सहभागि हुने कुरा पनि होर्ईन,यो लड्न नसकेर ,थाकेर मोर्चा निमार्ण गरेको पनि होईन ।,यो त धेरै जानि वुझि यो देशको तमाम समस्याको हल गर्न सकिन्छ त्यो पनि हाम्रो पार्टीको नीति,नेतृत्व र पहलमा सकिन्छ । त्यसका लागि नयाँ आधारमा नेपालका सवैकम्युनिस्टहरुलाई एकढिक्का बनाएर लिन सकिन्छ भन्ने स्पस्ट बुझाई भएर यो मोर्चा वनाईएको हो ।

कसले के भन्दै हिड्यो त्यो नै आधिकारिक कुरा होईन, आधिकारिक कुरा सहमति पत्र हो या मोर्चा घोषण पत्र हो त्यसैलाई आधिकारिक मान्नु पर्दछ । मनगणन्ते अफवाहाको पछाडि लाग्नुको कुनै तुक छैन । नेपाललाई मुक्त गर्न नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न । अहिलेको राजनितिक,सामाजिक,आर्थिक,सास्कृतिक र अमेरिकी हस्तक्षेपको संकटवाट देशलाई मुक्त गर्न एक्लैले सम्भव छैन।

समाजवाद चाहाने कम्युनिस्टहरु,प्रगतिशिल, देशभक्त र रास्ट्रवादी शक्तिहरु,वुद्धिजीवि र देशलाई माया गर्ने सवै जनताहरुलाई एक बनाएर,सकिदैन मोर्चामा सहभागि गरायर या कार्यगत एकता गरेर संघर्ष गर्ने,देशमा वैज्ञानिक समाजवाद ल्याउन हरपल प्रयत्न गर्ने हाम्रो योजना र नीति भित्रकै कुरा हो र हामी आफ्नो योजना मै छौं । यो योजना पुरा गरि छाड्ने सपना पनि बोकेका छौ । हामीलाई विश्वास छ हामी सफल भई छाड्नेछौं । भ्रममा पर्न कोही जरुरी छैन । यो मोर्चावाट अत्तालिएका सण्डमुसण्डहरु विफल हुनेछन । हामी विजयी हुनेछौं,देश विजयी हुनेछ, जनता विजयी हुनेछन ।

धन्यवाद

२०८० असार ६ गते 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।