५ जेष्ठ २०८१, शनिबार

भारतीय नयाँ नक्सा खारेजीको माग गर्दै युवा संगठन नेपालद्वारा दशगजामा प्रदर्शन

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले नेपालको अतिक्रमित भूमि समेटेर सार्वजनिक गरेको नयाँ नक्साको खारेजीको माग गर्दै दशगजामा विरोध प्रदर्शन गरेको छ ।

बुधबार रुपन्देहीको रहिणीगाउँपालिका अन्तरगत बरवा बुँचीको ५११(१७) नम्बर सिमास्तम्भ कै अगाडि विरोध प्रदर्शनसहित कोण सभा गरिएको हो ।

कोण सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सरद सीले भारतले नेपाली भूमि पटकपटक अतिक्रमण गर्दै आएको र हाल जारी नयाँ नक्सामा कपिलवस्तु र लुम्बिनी समेत समेटेर आफ्नो विस्तारवादी हैकम लाद्न खोजेको बताए । नेता सरदले उक्त नक्सा खारेज नगरे राष्ट्रियताको आन्दोलन थप सशक्त गरेर लैजाने बताए । भारतले बारम्बार हस्तक्षेप गर्दा पनि शासकदलहरु उदासिन हुनु दुखद भएको बताउँदै नेता सरदले सरकारलाई अबिलम्ब नक्सा सच्याउन पहल गर्न आग्रह गरे ।

यस्तै जिल्ला सेक्रेटेरी बिरेन्द्र सीले बिट्रिस साम्राज्यवादलाई लखेट्ने उजिरसींहको विरासत बोकेका नेपाली जनतालाई भरतीय समाराज्यवादले नहोच्याउन चेतावनी दिंदै भने, -“नक्सा नसच्याए स्वाधीनताको आन्दोलनले सबैखाले हस्तक्षेप बढारेर लैजान्छ।”
यस्तै युवा संगठन नेपाल ब्युरो संयोजक भक्त सीले स्वाधिन नेपाली युवाहरु कसैको दासता र हेपाई नसहने बताउँदै भारतीय हस्तक्षेपका विरुद्ध एकजुट हुन सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताए ।

नेपाल भारत सिमा स्तम्भ अगाडि नै कार्यक्रम गर्दा केही समय एसएसबिले अवरोध गर्न खोजेपनि विरोध ब्यानरसहित नेपालको झन्डा गाडी कार्यक्रम गरिएको युवा नेता भक्त सीले जनाएका छन् । युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत पूर्वी लम्बिनी ब्युरोले आयोजना गरेको सो कार्यक्रममा नेकपाका नेतासहित युवा संगठन नेपालका नेता कार्यकर्ताहरु सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।