६ जेष्ठ २०८१, आईतवार

४६ औं किसान बिद्रोह दिवस जुगेडीमा मनाइयो

0

चितवन/ जुगेडीमा भएको ऐतिहासिक किसान बिद्रोहको सन्दर्भमा माओवादी धारका विभिन्न घटकहरुले  किसान दिवस मनाएका छन्।जुगेडी बिद्रोहको  सम्मान, स्मरण र थप प्रेरणाका लागि किसान दिवस मनाइएको हो।

चितवनमा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले “झापा विद्रोह, दाङको थारु किसान विद्रोह,झापाकै झोरा विद्रोह, मध्य तराईको किसान विद्रोह,भीमदत्त पन्तको विद्रोह र जुगेडी किसान संघर्ष  सबैको उच्चता र निरन्तरता ‘जनयुद्ध’  भएको भन्दै जुगेडीसहित देशमा भएका सबै विद्रोह र त्यस क्रममा भएका बलिदानको वास्तविक सम्मान जनयुद्धमा अभिव्यक्त भएको जिकिर गरे।

बुधबार सम्पन्न कार्यक्रममा जुगेडी विद्रोह भएकै स्थान जुगेडी बजार चितवनमा भएको कार्यक्रममा जनयुद्धमा सहीद भएका ८जना परिवारलाई अभिनन्दन गरिएको थियोे। सो क्रममा चितवनका विभिन्न  जेल हिरासत बसेका योद्धा अनल, नरेस, प्रमोध, देवराज,मिनप्रसाद लगायतलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

सहीद स्मृति भवनमा भएको उक्त कार्यक्रममा नेकापका पिबीएमहरु एटम र सन्देशसहितका नेताहरु सहभागी भएका थिए।कार्यक्रमको अध्यक्षता नेकपा चितवन इन्चार्ज उत्सव र सञ्चालन सेक्रेटरी रुद्र सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।