१२ श्रावण २०८१, शनिबार

संसदीय व्यवस्थाको विकल्पमा समाजवादी मोर्चा: अनिल सी

0

चितवन / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले विद्यमान संसदीय व्यवस्था र यसका कारण पैदा भएको देशको संकटलाई निकास दिन संसदीय व्यवस्थाको विकल्पका लागि समाजवादी मोर्चा निर्माण गरेको बताएका छन। चितवनको जुगेडी किसान बिद्रोहको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी चितवनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

बुधबार आयोजित किसान दिवसमा नेता अनिल सी ले “अहिलेको संकटको मुख्य कारण संसदीय व्यवस्था हो, यसलाई हल गर्न समाजवादी व्यवस्था अनिवार्य छ, त्यसका लागि मुद्दा मिल्ने पार्टी र शक्तिहरुसङ्ग सहकार्य, मोर्चावन्दी गर्ने पार्टी नीति अनुसार समाजवादी मोर्चा घोषण गरेका हौं, यसले संसदीय व्यवस्थाको विकल्पको रूपमा नेपाली मौलिकताको समाजवादको लागि भुमिका खेल्ने” बताए।

त्यस्तै उनले ले “झापा विद्रोह, दाङको थारु किसान विद्रोह,झापाकै झोरा विद्रोह, मध्य तराईको किसान विद्रोह,भीमदत्त पन्तको विद्रोह र जुगेडी किसान संघर्ष सबैको उच्चता र निरन्तरता ‘जनयुद्ध’ भएको भन्दै जुगेडीसहित देशमा भएका सबै विद्रोह र त्यस क्रममा भएका बलिदानको वास्तविक सम्मान जनयुद्धमा अभिव्यक्त भएको जिकिर गरे।

बुधबार सम्पन्न कार्यक्रममा जुगेडी विद्रोह भएकै स्थान जुगेडी बजार चितवनमा भएको कार्यक्रममा जनयुद्धमा सहीद भएका ८जना परिवारलाई अभिनन्दन गरिएको थियोे। सो क्रममा चितवनका विभिन्न जेल हिरासत बसेका योद्धा अनल, नरेस, प्रमोध, देवराज,मिनप्रसाद लगायतलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

सहीद स्मृति भवनमा भएको उक्त कार्यक्रममा नेकापाका पिबीएमहरु एटम र सन्देशसहितका नेताहरु सहभागी भएका थिए।कार्यक्रमको अध्यक्षता नेकपा चितवन इन्चार्ज उत्सव र सञ्चालन सेक्रेटरी रुद्र सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।