१७ असार २०८२, मंगलवार

उप-प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई सजाय गरियोस् : अखिल (क्रान्तिकारी)

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) त्रि वि ब्यूरोले  त्रिभुवन विश्वविद्यालय समाजशास्त्र बिभागका उप प्राध्यापक प्रेम चलाउनेमाथी सांघातिक आक्रमण गर्नेहरुलाई कडा सजायको माग गरेको छ। जिल्ला अदालत काठमाडौमा बिचाराधिन ज्यान मार्ने मुद्दामा  मन्त्रीपरिषद्ले हस्तक्षेप गरि फिर्ता लिने निर्णय गलत भएको र संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै विहबार संगठनका त्रिवि ब्यूरो इन्चार्ज अनिल केसीले एक प्रेस विज्ञप्ति मार्फत् सो माग गरेका हुन।

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै ने वि संघ का केही कार्यकर्ताले चलाउने माथी सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका थिए।दोषीलाई कारबाही गरि न्याय दिलाउन माग गर्दै सह प्राध्यापक चलाउने लामो समयदेखि संघर्ष गरिरहेका छ्न।हाल उनि मन्त्री परिषद्को मुद्दा फिर्ता लिने निर्णय पछि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा आमरण अनशनमा छ्न।मन्त्री परिषद्को मुद्दा फिर्ता लिने निर्णयको चौतर्फी बिरोध भैरहेको छ।

विज्ञप्तिकि पूर्ण पाठ 

हाम्रो संगठन अखिल क्रान्तिकारी आफ्नो स्थापना काल देखी नै शैक्षिक क्षेत्रमा आमूल रुपान्तरण संगै अन्याय,अत्याचार ,दमन,शोषण ,शैक्षिक क्षेत्रमा हुने अराजकता,गुन्डागर्दी ,दादागिरी का विरुद्ध तथा न्याय ,मुक्ति ,स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको सर्वविधितै छ।

 यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरका समाजशास्त्र बिभागका उप प्राध्यापक प्रेम चलाउने माथी २०७७ असोज २० गते केही अराजक झुंडले अमुख संगठनको नाम बाट त्रि वि परिसर भित्रै ज्यान मार्ने उदेश्यले सांघातिक आक्रमण गरि अंगभंग गरेको बिषयमा काठमाडौ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको विचाराधीन मुद्दा सरकारको मन्त्री परिषद्को बैठकले फिर्ता लिने निर्णय गर्नुले हाम्रो संगठन अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ।लामो समय देखी न्यायको पर्खाइमा रहनु भएका पीडित उप प्राध्यापक प्रेम चलाउने लाई न्याय दिलाउनको निम्ति घटनामा संलग्न लाई कडा भन्दा कडा कार्वाही गर्नुको सातो थप पीडित लाई पिडा दिने र घटनामा संलग्न हरुलाइ प्रोत्साहन गर्ने गरि मन्त्री परिषद् बैठकले निर्णय गर्नु निकै दु:खद ,लज्जास्पद छ।

मन्त्री परिषद्को गलत निर्णय विरुद्ध पीडित उप प्राध्यापक प्रेम चलाउनेले न्यायको निम्ति सुरु गर्नु भएको आमरण अनशन सहितका बिरोध कार्यक्रममा हाम्रो  संगठनको ऐक्यबद्धता सहित पूर्ण समर्थन गर्दछौं। साथै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी हरु,प्राध्यापक ,कर्मचारी तथा न्याय चाहने सम्पूर्ण तह र तप्काका नागरिक हरु एकजुट भएर न्याय प्राप्तिको यो लडाइँमा जुट्न पनि अपिल गर्दछौं।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।