७ जेष्ठ २०८१, सोमबार

कालिकोटको लालुमा समाजवादी मोर्चाको वैठक सम्पन्न

0

कालिकोट । समाजवादी मोर्चा, नेपालको कालिकोट जिल्ला नरहरीनाथ गा.पा. वडा न. ९ लालुको संयुक्त वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीको उपस्थितिमा वैठक सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु दमन सी, सागर सी, नविना सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य द्धय धनराज सी र संग्राम सी, नेकपा (माओवादी केन्द्र) का पार्टी वडा अध्यक्ष चिन्तन वोहोरा, जिल्ला कमिटि सदस्य धिरज शाही, अमरराज शाही, नेकपा (एकीकृत समाजवादी) का वडा ईन्चार्ज कविराज विष्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा वैठक सम्पन्न भएको हो ।

वैठकले केन्द्रमा वनेको समाजवादी मोर्चाको स्वागत गरेको छ । आगामी दिनमा केन्द्रीय योजना बमोजिम स्थानिय स्तरमा सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।