७ जेष्ठ २०८१, सोमबार

राष्ट्रिय स्वाधीनताका लागि प्युठानमा हस्ताक्षर सङ्कलन अभियान

0

प्युठान। राष्ट्रिय स्वाधीनताका लागि प्युठानमा हस्ताक्षर संकलन अभियान सुरु भएकाे छ। विहबार नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन युवा संगठन नेपाल प्युठानले राष्ट्रिय स्वाधीनताका लागि जिल्लामा हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको हो।

एमसिसि सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न,नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजीका लागी,

महंगी, भ्रष्टचार, कमिसन, लघुबित्त र मिटरब्याजी हरूको ज्यादतीका बिरुद्ध अभियान सुरु गरिएको हो।

युवा संगठन नेपालको केन्द्रिय कमिटिको छैटौँ पुर्ण वैठकको निर्णय कार्यान्वयन गर्न सो काम गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।