७ जेष्ठ २०८१, सोमबार

समाजवादी मोर्चा जनताको माग र देशको आवश्यकता

0

ललितपुर / समाजवादी मोर्चा अन्तर्गत ललितपुरका चार ओटा राजनीतिक दलहरुले मोर्चाको निर्माण देशको आवश्यकता र जनताको माग भएको भन्दै मोर्चा सम्बद्ध केन्द्रिय नेताहरूले गरेको निर्णयको स्वागत गरेका छन।शुक्रबार चार ओटा दलका जिल्ला नेताहरूको संयुक्त बैठक पछि एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो निर्णय गर्ने जनाएका हुन।

जारी संयुक्त बिज्ञप्तीमा “नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा र विद्यमान राष्ट्रिय समस्याहरलाई दीर्घकालिन रुपमा हल गर्दै देशलाई समृद्ध र थप अग्रगमनको दिशा तर्फ अगाडि बढाई वैज्ञानिक समाजवादको स्थापनार्थ गठित समाजवादी मोर्चा नेपाल, नेपाली जनताको भावना, माग र देशको आवश्यकता अनुकूल भएको ठहर गर्दै केन्द्रिय पहल एंव निर्णयको हार्दिक स्वागत गर्दछौं”भनिएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

ऐतिहासिक रुपमा घोषित समाजवादी मोर्चा, नेपाल ललितपुरको प्रारम्भिक छलफल तथा बैठकका निर्णयहरु सार्वजनिक गर्न यस विज्ञप्ति जारी गरिएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा र विद्यमान राष्ट्रिय समस्याहरलाई दीर्घकालिन रुपमा हल गर्दै देशलाई समृद्ध र थप अग्रगमनको दिशा तर्फ अगाडि बढाई वैज्ञानिक समाजवादको स्थापनार्थ गठित समाजवादी मोर्चा नेपाल, नेपाली जनताको भावना, माग र देशको आवश्यकता अनुकूल भएको ठहर गर्दै केन्द्रिय पहल एंव निर्णयको हार्दिक स्वागत गर्दछौं । साथै मोर्चाको घोषित उद्देश्य प्राप्तिका लागि आजैबाट एकतावद्ध एवं दृढतापूर्वक रुपमा क्रियाशील हुने प्रतिवद्धता जाहेर गर्दछौ ।

मिति २०८० आसार ८

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।