१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा सञ्चालित पत्रकारिता तालिम समापन 

0

स्याङ्जा । जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समन्वय समितिको आयोजनामा स्याङ्जाको वालिङमा सञ्चालित आधारभूत पत्रकारिता तालिम समापन भएको छ। ३दिने आधारभूत पत्रकारिता तालिम सुक्रबार एक कार्यक्रमका बिच समापन भएको हो।

बुधबारबाट सुरु भएको ३ दिने आधारभूत पत्रकारिता तालिममा समाचार लेखन,फिचर लेखन, पत्रकार आचारसंहिता,सञ्चार माध्यमहरुको महत्त्व र भुमिका तथा मिशन पत्रकारिताबारे सैद्धान्तिक र व्यबहारिका कक्षाहरु सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पत्रकार शिव डुम्रेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा, अतिथि जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शोभराज बराल, नेकपा स्याङ्जाका जिल्ला समिति सदस्य युक्त सी, पुरन थापा रहेका थियो भने कार्यक्रमको सञ्चालन निरुता विक ले गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।