१२ श्रावण २०८१, शनिबार

युवा संगठन मकवानपुरद्वारा सरसफाइ तथा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल मकवानपुरले सरसफाइ तथा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ ।

संगठनले असार १ गते शनिबार हेटौंडा अस्पताल परिसरमा सरसफाइ गरेको थियो । त्यस्तै असार ५ गते युवा संगठन नेपाल मकवानपुरले हेटौंडाको बुद्ध चोकमा हस्ताक्षर संकलन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समेटिएको भारतको नक्सा खारेज गर्न भनी देशभक्त नेपाली नागरिकहरुको हस्ताक्षर संकलन गरेको हो । साथै कालोबजारी, महंगी, भ्रष्टाचारीको अन्त्य तथा लघुवित्त र मिटरब्याजिहरुको ज्यादती रोक्न उक्त हस्ताक्षर संकलन गरेको हो ।

असार ५ गते नेकपाको केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीद्वारा उद्घाटन गरिएको हस्ताक्षर संकलन कार्यक्रम असार ८ गते समापन गरेको हो । संकलन गरिएको हस्ताक्षर युवा संगठन नेपालका केन्द्रिय कार्यलयमार्फत प्रधानमन्त्री कार्यलयमा बुझाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।