११ श्रावण २०८१, शनिबार

राष्ट्रियता स्वाधीनताका लागि युवा संगठन नेपालले गर्‍यो दुई लाख भन्दा बढी हस्ताक्षर सङ्कलन

0

काठमाडौं: राष्ट्रियता स्वाधीनताका लागि तपाईंको योगदान भन्ने मूल नाराका साथ हस्ताक्षर अभियान थालेको युवा संगठन नेपालले दुई लाख भन्दा बढी हस्ताक्षर सङ्कलन कार्यक्रम गरेको छ ।

एमसीसी सम्झौता खारेज गर्न र नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिकका नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजी, महङ्गी, भ्रष्टाचार, कमिसन, लघुवित्त मिटरब्याजीहरुको ज्यादतीका विरुद्ध र नक्कली भुटानी शरणार्थी प्रकरण कण्डा विरुद्ध मिति २०८० असार २ गतेदेखि ८ गतेसम्म गरेको उक्त हस्ताक्षर संकलन कार्यक्रम देशैभरीबाट दुई लाख भन्दा बढीले हस्ताक्षर गरेको बताइएको छ ।

यही क्रममा उपत्यका ब्युरोले पनि विभिन्न स्थानमा सरसफाइ कार्यक्रमसहित हस्ताक्षर सङकलन कार्यक्रम समापन गरेको छ । उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन जंगली सीले राष्ट्रिय स्वधिनताका लागि युवा, आम नागरिक, सुरक्षाकर्मी, सेना, प्रहरी, बुद्धिजीवि, कर्मचारी, पत्रकार, राजनीतिक दल लगायत सबैलाई यो राष्ट्रियताको लडाइँमा एकजुट हुन अपिल गरे । साथै नेपाली युवा आन्दोलनलाई थप उचाइमा उठाउन, रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चाहरु निर्माण र विस्तार गर्नु आजको वस्तुगत आवश्यकता रहेको औल्याए ।
त्यसैगरी संगठनका महासचिव तिलक सीले कार्यक्रम संचालन गर्दै राष्ट्रियताको पक्षमा युवा संगठन नेपालले निरन्तर संघर्ष गर्दै आएको बताए ।

देशभरिकाे उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको युवा संगठनले जनाएको छ ।

यसैबीच पूर्वी लुम्बिनी ब्युरोले भारतीय साम्राज्यवादले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका भुभाग समावेश गरि नयाँ संसद भवनमा राखिएको नक्सा तत्काल खारेज गर्न माग गर्दै रुपन्देहीको सिमा स्तम्भ न.५११(१७) दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ ।

भारतीय सिमा सुरक्षा बलको अवरोधका बाबजुद पनि नेपाली झण्डा गाडि फरफराउदै प्रदर्शनसहितको कोण सभा सप्पन्न गरेको छ । त्यसैगरी पश्चिम लुम्बिनी ब्युरोले पनि ५८५/२० नम्बरको पिलरमा नेपाली झण्डा गाड्दै फरफराउदै विरोध प्रदर्शन कार्यक्रम समापन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।