६ जेष्ठ २०८१, आईतवार

महत्त्वपूर्ण निर्णय गर्दै नेकपा मकवानपुरको बैठक सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बिहीबार बसेको बैठकले पार्टी संगठनका क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरेको छ । 

नेकपाका नारायणी व्युरो स्तरिय उत्पादन क्षेत्र भएको ठाउँ मनहरी-५, दरदरामा बैठक बसेको हो । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी र केन्द्रिय सदस्य तथा १ नम्बर जिल्ला इन्चार्ज मिङमार सीको आतिथ्यता रहेको थियो ।

बैठकले तेस्रो पूर्ण बैठकबाट तय भएको ६ महिने अभियानलाई श्रावण महिनाभित्र पूर्णता दिने निर्णय गरेको छ । त्यस्तै पालिका स्तरीय पार्टी कमिटी र जबस मोर्चाको बैठक मिति तय गरेको छ । पार्टी र पार्टीका नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप सुरु गरिएको उत्पादन कार्यलाई सशक्त रुपमा अघि बढाउने कार्ययोजना तय गरेको छ । साथै बैठकमा उपस्थित सम्पूर्ण मिलेर जिल्ला सदस्य अर्जुन तितुङ्को छोराको मानसिक बिमार उपचारका लागि सहयोग गरेको छ ।

पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा बसेको बैठक अन्य महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।