११ श्रावण २०८१, शनिबार

नेकपा दाेलखाकाे एकता विशेष बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दाेलखा जिल्लाको एकता विशेष विस्तारित बैठक ब्युरो इन्चार्ज विकल्प सीको प्रमुख आतिथ्यतामा तामाकोसी गा.पा.-१ गाेपीखाेलामा सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य एवंम जिल्ला सेक्रेटरी राजकुमार सीको अध्यक्षतामा भएको उक्त बैठकमा पार्टीको वैकल्पिक सदस्य तथा दाेलखा जिल्ला इन्चार्ज अर्जुन सी,  केन्द्रीय सल्लाहकार सदस्य यादव सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक प्रेरक सी, केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम् जबस ब्युरो इन्चार्ज युगिन सी र ब्युराे उत्पादन विभाग संयाेजक साेनाम सी लगायत अतिथिहरू थिए । जिल्ला सचिवालय सदस्य र जिल्ला कमिटीका सदस्यहरुकाे उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य एवम् ब्युरो इन्चार्ज विकल्प सीले केन्द्रको एकता विशेष बैठकका निर्णयहरुलाई एकरूपतामा सम्प्रेषणको साथै बैठकलाई दिशानिर्देश गरे । त्यसको आधारमा बैठकले जिल्लामा योजना निर्माण गरेको छ । एकीकृत जनक्रान्तिलाई सफलतापूर्वक दाेलखा जिल्लामा कार्यान्वयन गर्न आवश्यक पर्ने क्षमता विकास गर्न जोड दिए । यसका निम्ति सबै गम्भीर हुनुपर्छ भन्दै नयाँ प्रगतिको निम्ति शुभकामना दिए ।  केन्द्रीय सल्लाहकार यादव सीले बैठकलाई सम्बोधन गर्दै नयाँ युगको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न लाग्नुपर्ने बताए । कम्युनिष्ट पार्टीले जहिल्यै पनि अनुशासन र पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक प्रेरक सीले पार्टी निर्माणकाबारे प्रशिक्षण गरे । जिल्ला इन्चार्ज अर्जुन सीले हालसम्मको समीक्षात्मक मन्तव्य राख्नुको साथै सेक्रेटरी राजकुमार सीले राखेका प्रस्ताव तथा योजनाहरूको व्याख्या गरे ।
त्यसैगरी केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा ब्यूरो जवस इन्चार्ज युगिन सीले निशर्त बलिदानी भावका साथ क्रान्तिमा लाग्नु पर्ने बताए ।
बैठकले ध्रुवीकरण प्रक्रियाबाट समाहित हुने जिल्ला कमिटी सदस्यहरु रामकाजि सी,भक्त सी र बसन्तले प्रतिबद्धता मन्तव्य राखेका थिए । साथै उनीहरुकाे जिम्मेवारी पनि ठोस गरेको छ । अन्तिममा बैठकले लिएका दूरगामी निर्णयहरुलाई जुनसुकै मूल्य चुकाएर भए पनि परिणाममा बदल्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्दै सेक्रेटरी राजकुमार सीले बैठकको समापन गरे ।

यसैबीच तामाकोसी -१ काे श्री नारायणी मा.वि मा ‘एक लाख बिरुवा वृक्षारोपण अभियान’ लाई ब्युरो इन्चार्ज विकल्प सीले दाेलखामा वृक्षारोपण गरी शुभारम्भ गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।