११ श्रावण २०८१, शनिबार

पार्टी स्थापना दिवस र हाम्रो कार्यभार

0

२२ अप्रिल लेनिन जयन्ति वि. सं. २००६ बैसाख ९ गते कलकत्ताको एक घरमा युवा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टी नेपालको स्थापना गरियो, जुन ऐतिहासिक घटना थियो । जसको संस्थापकमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी हुनुहुन्थ्यो । देशमा राणा शासन उत्कर्षमा थियो, जनता र सत्ताबिचको अन्तरविरोधले सीमा नाघेको थियो, जनता आफ्ना आधारभूत आवश्यकताको कुरा छोडौं, सामान्य जीवन बाँच्न नसक्ने अवस्थामा थियो । यो विषम परिस्थितिमा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालको राजनीति, सामाज र अर्थतन्त्रको विश्लेषण सहित नौलो जनवाद हुँदै समाजवादमा जाने नारासहित कम्युनिस्ट पार्टी स्थापना हुनु नेपालको श्रमजीवी सर्वहारा वर्गका लागि विशिष्ट घटना थियो ।
विश्व सर्वहारा वर्गको यो टुकडीले नेपालको राणा, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा लामो कालखण्ड गुजारेको छ । सयौं टुट–फुट र विभाजन झेलेको छ । यो आन्दोलन यहाँसम्म आइपुग्दा अहिले पनि कार्यदिशा, कार्यनीति र नेपाली समाजलाई बुझ्ने र व्याख्या गर्नेबारे व्यापक मतान्तर छन् । सरकारदेखि प्रतिपक्षसम्मका कम्युनिस्टहरू हुँदा पनि जनताका आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारीको विषय पेचिलो छ । राजनीति, समाज र अर्थतन्त्रलगायतका क्षेत्र गहिरो सङ्कटमा छ । यो जटिल परिस्थितिमा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउनुको अर्थ र महत्व विशेष रहेको छ । सर्वप्रथम सबैमा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवसको धेरै शुभकामना ! “कार्यदिशा सही वा गलत हुनुले सबै विषयको निर्धारण गर्दछ,” कमरेड माओको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । कुनै पनि देशको राजनीतिक पार्टी भावना, आवेग र उद्वेलनले मात्र चल्दैन । यो त निश्चित विचार, दृष्टिकोण र राजनीतिक उद्देश्यका आधारमा निर्माण र परिचालन हुन्छ । संसारभरका वाम वा बुर्जुजा हरेक राजनीतिक पार्टी यही विधि पद्धतिका आधारमा निर्माण र सञ्चालन हुने गर्दछन् । आज नेपालका हरेक राजनीतिक पार्टी अपवादबाहेक यही पद्धतिको अभ्यास गरिरहेका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै माओ विचारधारा मानिंदै आए पनि माओवाद मानेको इतिहास धेरै लामो छैन । अझ कतिपय कम्युनिस्ट पार्टीहरूले त माओ विचारधारा पनि छोडिसकेका अवस्थामा २०४८ सालको एकता महाधिवेशनपछि (जसलाई कालान्तरमा छैठौं महाधिवेशन भनियो) माओका योगदानहरूलाई अब विचारमा मात्र होइन, प्रयोगमा अर्थात् माओवादमा संश्लेषण गर्नेगरी पार्टीको नाम नै नेकपा (माओवादी) राखेर जनयुद्धको सुरुवात गरियो । यसले विजय र बलिदानका हजारौं कीर्तिमानसहित नेपाली समाजलाई नयाँ दिशा प्रदान ग¥यो । जसको जगमा २५० वर्षको सामन्तवादको अन्त्य भयो । अहिले पनि यसको नेपाली समाज, राजनीति, अर्थतन्त्रमा गहिरो प्रभाव छ र यो दीर्घकालसम्म रहनेछ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७४ वर्ष बित्दैगर्दा यो आन्दोलनको समीक्षा धेरै कोणबाट गर्न सकिन्छ । नेपालको वाम आन्दोलन विभिन्न आरोह–अवरोह, टुटफुट र जुटको लामो श्रृङ्खला पार गरेपछि मात्र यहाँसम्म आइपुगेको छ । तर पार्टी स्थापनाकालमा माओ विचारधारा स्वीकार गरे पनि यसलाई कार्यान्वयनका सन्दर्भमा नेताहरूमा एकमत रहेको देखिंदैन जसका कारणले आन्दोलनमा विभिन्न समस्याहरू देखिए जसले श्रृङ्खलावद्ध टुटफुटको लामै यात्रा ग¥यो । यो टुटफुटले नकारात्मक नै भए पनि कम्युनिस्टहरूलाई देशभर विस्तार हुन सहयोग ग¥यो । त्यतिबेलाको विभिन्न नाम र उपसर्ग जोडिएर बनेका कम्युनिस्ट पार्टीहरूमा लामो टुटफुटले कमजोर भएको महसुस गरिपछि नेताहरूले चालिसको दसकपछि साना कम्युनिस्ट पार्टीहरू ध्रुवीकरण हुन खोजेको देखिन्छ र यो २०५२ सालसम्म आइपुग्दा माओवादी आन्दोलनमा विकास हुँदै संगठित र विस्तारित हुने संयोग जु¥यो । यसो हुनुमा हाम्रा सामाजिक अन्तरविरोध, नेतृत्वको राजनीतिक पहलकदमी र कार्यकर्ताको निस्वार्थ योगदानले काम ग¥यो जसको नेतृत्व सुरुमा कमरेड मोहन वैद्य ‘किरण’ र पछि कमरेड प्रचण्डले गर्नुभयो ।
चालिसको दसकमा पञ्चायतको अवसान र बहुदलीय व्यवस्थाको स्थापनासँगै उदार पुँजीवादी व्यवस्थाले हाम्रो राज्यसत्ता, अर्थतन्त्र र समाजमा खुला पुँजीवाद प्रवेश ग¥यो जसले नीतिगत भ्रष्टाचार र विकृति विसङ्गतिलाई संस्थागत ग¥यो । अब हिजोसम्मको जनताको शक्ति र सहयोगमा अविश्वास मात्र गरेन, ठूलो त्याग र बलिदानसहित आएको कम्युनिस्ट आन्दोलन र नेताहरूलाई समेत बिचलित बनायो । जसका कारण राजनीतिक पार्टी, आन्दोलन र त्यसको नेतृत्व अब विस्तारै दलाल व्यापारी र भ्रष्ट तस्करहरूको प्रभावमा पर्दै गए । यसको असर नेताहरूमा जनताको मुद्दा र आवश्यकताको सम्बोधनभन्दा निश्चित स्वार्थ समूह र दलाल व्यापारीहरूको स्वार्थमा नियम कानुन परिवर्तनदेखि आफ्नो सम्पूर्ण शक्ति उनीहरूकै स्वार्थमा लगाउने अवस्था बन्यो । वामदलबाट यसको नेतृत्व एमाले पार्टीले ग¥यो । यो प्रक्रियाले आम नागरिकहरूमा दलप्रति नै वितृष्णा उत्पन्न गर्ने अवस्था सृजना ग¥यो । बहुदल स्थापना गर्दै गर्दा उत्पन्न भएको परिवर्तनको चाहना अब विस्तारै निरासा र कुण्ठामा बदलिंदै गयो ।
बस् यही समयको सामाजिक अन्तरविरोध, जातीय क्षेत्रीय उत्पीडन र शिक्षित युवाहरूमा रहेको बेरोजगारी र अभावले मान्छेमा विद्रोह र नयाँ विकल्पको खोजी हुन थाल्यो । यो मनोविज्ञानलाई परिचालन र यसलाई राजनीतिक क्रान्तिमा बदल्न त्यसबेलाको नेकपा (मशाल)का महामन्त्री कमरेड प्रचण्डले पहल लिए । यसो हुनुमा त्यो पार्टीका युवा विद्यार्थीको दबाव पनि मुख्य रह्यो । पार्टी नेतृत्वले माओवादको सार्वभौम नियमसहित छरिएर रहेका साना कम्युनिस्ट पार्टीहरूलाई जुटाएर माओवादी आन्दोलन एक भएपछि यो आन्दोलन थप मजबुत बन्यो । ५०को दसकको सुरुवातमै जनयुद्ध बहस प्रारम्भ भयो । यसबाट निर्मल लामालगायतका केही नेता बाहिरिए । २०५२ फागुन १ देखि विधिवत् जनयुद्ध सुरु भयो । यो आन्दोलन साठीको दसकसम्म पुग्दा देश माओवादीमय भयो । जनताको सङ्घर्ष  बलिदानले हजारौं कीर्तिमानहरू खडा गरिए । देशको ८० प्रतिशत भूभागमा माओवादी शक्ति विस्तारित भयो । मूलधारका भनिएका राजनीतिक पार्टीहरू खुम्चिए भने देश राजाको प्रत्यक्ष शासनबाट संचालित हुने अवस्थामा पुग्यो । जनताको राजनीतिक अधिकारहरू कुण्ठित भयो, दलहरू प्रतिबन्धित हुने अवस्था आयो । उता माओवादी पार्टी जनताको राजनीतिक अधिकार सँगसँगै गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको पूर्णप्रतिबद्धतासहित अगाडि आयो ।

स्राेत: जनपत्रिका तेस्रो अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।