११ श्रावण २०८१, शनिबार

असार १३ गते समाजवादी विद्यार्थी मोर्चा घोषणा हुने

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) केन्द्र,एकिकृत समाजवादी, जसपा संबद्ध संयुक्त विद्यार्थी संगठनहरुले असार १३ गते समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने भएका छन्। शुक्रबार चार वटा विद्यार्थी संगठनको वैठकले सो निर्णय गरेको हो।

संयुक्त विद्यार्थी संगठनहरुको बैठकले चार राजनितिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गर्दै विद्यार्थी समुदायको हक, अधिकारको संरक्षण र समाजवादी शिक्षा प्राप्तिको पैरवी सशक्त ढंगले अगाडी बढाउन मोर्चा आवद्ध विद्यार्थी संगठनहरुले समाजवादी विद्यार्थी मोर्चा निर्माण गर्नु पर्ने निष्कर्ष निकालेको छ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुली,समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादव र अखिल (क्रान्तिकारी) का प्रकाश सीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा निम्न निर्णय उल्लेख गरिएका छन्।

१. समाजवादी मोर्चा नेपाल आवद्ध विद्यार्थी संगठनहरुको विचमा ‘समाजवादी विद्यार्थी मोर्चा’ गठन गर्ने ।

२.शैक्षिक क्षेत्रमा व्याप्त विसङ्गति, विकृति र माफियाकरणको विरुद्धमा संयुक्तरुपमा संघर्ष गर्ने ।

३.यही असार १३ गते उपत्यकामा विद्यार्थीको व्यापक उपस्थिति सहित समाजवादी विद्यार्थी मोर्चा घोषणा तथा अवधारणा पत्र सार्वजनिक कार्यक्रमको आयोजना गर्ने ।

४. समाजवादी शिक्षामा विद्यार्थी आन्दोलनको भूमिका विषयमा राजनितिक तथा शैक्षिक अवधारणा पत्र तयार गर्न अखिल (क्रान्तिकारी) को तर्फवाट उपाध्यक्ष क्षितिज सापकोटा, अनेरास्ववियूबाट उपाध्यक्ष माधव पन्त समाजवादी विद्यार्थी युनियन, नेपालवाट उपाध्यक्ष संजय राई र अखिल (क्रान्तिकारी) वाट कार्यालय सदस्य अटल सी रहेको कार्यदल निर्माण गरिएको छ ।

५.पुर्वी पहाडी क्षेत्र लगायत देशभरीका विभिन्न जिल्लाहरुमा प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति विद्यार्थी मोर्चाले दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारको लागि सरकार समक्ष जोडदार माग गरेका छौं र मोर्चा आवद्ध सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्वयंसेवी भुमिका निर्वाह गर्न संयुक्त बैठक आग्रह गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।