१० श्रावण २०८१, शुक्रबार

दलाल पुँजीवादको अन्त्यका लागि आत्मनिर्भर उत्पादन आवश्यक :भरत सी

0

१५ असार बर्दिया/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले दलाल पुँजीबादको अन्त्यका लागि आत्मनिर्भर उत्पादन प्रणाली आवश्यक भएको बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन बिभागको योजना अनुसार बर्दियाको राजापुरमा शुक्रबार भएको धान रोपाई कार्यक्रमको श्रम उत्सवलाई उद्घाटन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो बताएका हुन।

उनले परनिर्भरता देशकै गम्भीर समस्या भएको उल्लेख गर्दै दलाल पुँजीवादी उत्पादन प्रणालीको अन्त्य गर्न र समाजवादी उत्पादन प्रणालीको अभ्यास गर्न पार्टीले सबै नेताकार्यकर्ताहरूलाई उत्पादनसंग जोड्ने नीतिलिएको बताए।उनले समाजबादी अभ्यास अनुरुप देशभरी धान रोप्ने काम सुरु गरिएको बताए ।

समाजबाद प्राप्तिका लागि पनि उत्पादनको महत्वपूर्ण भूमिका रहने बताउदै नेता भरत सीले कुरा होईन काम गरेर पार्टीको पहिचान बनाउन आवश्यक भएको बताए । अर्काको देशमा काम गर्ने र आफ्नो देशमा नगर्ने संस्कारको अन्त्य गर्न उत्पादन कार्यको सुरुवात गरिएको उनको भनाइ थियो।

उनले आफ्नो पार्टीले काम गरेर देखाउन चाहेको बताउदै श्रममा जेुटेर देशलाई आत्मनिर्भर बनाउने यात्रामा नेपाल कम्युनिष्ट पार्टी अगाडी बढेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सीले एकीकृत सामुहिक प्रणालीमा नयाँ प्रविधि सहित खेती गर्न सुरु गरिएको जानकारी गराए । राजापुर एकीकृत कृषि फार्म दर्ता गरेर उत्पादनमा जुटेको बताउदै उनले कृषिमा बैज्ञानिक प्रयोगले नयाँ विचार र प्रविधिको विकास हुने बताए ।
उनले बर्तमान राज्यसत्ता फेल भई सकेको बताउदै नेता आधारले जनताको जीवनस्तर उकास्न सुरु गरिएको उत्पादनको यात्रा समाजबादको भ्रुण भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बन्धु सीले श्रमप्रति जनताको आस्था बढाउन र आत्मनिर्भर बन्न उत्पादनलाई टेवा पुग्ने गरी धान दिवसलाई उत्सवका रुपमा मनाएको बताईन ।

नेकपाले एउटा स्कुलको २६ बिगाह जमिन ५ बर्षको लागि लिजमा लिएर धान रोपाई गरेका छ।धान रोपाइँ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रणदिप ,हिमशिखर, लगाएतका दर्जनौ नेताकार्यकर्ताको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।