१२ श्रावण २०८१, शनिबार

बर्दियामा यसरी मनायो नेकपाले श्रमउत्सव

0

बर्दिया /नेपाल कम्युनिष्ट पार्टीले देउडा खेल्दै, दहि चिउरा खादै असार पन्ध्र अर्थात रास्ट्रीय धान दिवसलाई उत्सवका रुपमा मनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय कपिलबस्तुको शिवगढीमा पार्टीका महासचिव नेत्रविक्रम सी विप्लवले आज विहान धान रोपेर श्रमउत्सवको रूपमा विसको उदघाटन गरे पछि देशैभरी धान रोपेर नेकपाका नेताकार्यकर्ताहरुले उत्सव मनाएका हुन ।

लुम्बीनी प्रदेशको बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नम्बर ३ टेडिया गाउँमा नेपाल कम्युनिष्ट पार्टीको उत्पादन विभागद्वारा आयोजित रोपाई कार्यक्रम अर्थात धान दिवसलाई नाच्दै गाउँदै रमाउदै, दहि चिउरा खादै उत्सवका रुपमा मनाईएको छ । नेकपाको केन्द्रीय उत्पादन बिभागले अमर सहिद दशरथ चन्द माध्यामिक विद्यालयको २६ विगाह जमीन ५ बर्षका लागी भाडामा लिएर धान खेतीका लागी रोपाई गर्ने काम भईरहेको छ ।

बर्दियाको राजापुरमा अहिले १२ बिगाहा जमिनमा धान रोपेर उत्पादनसंग जोडीएको नेपाल कम्युनिष्ट पार्टीको असार १५ गते अर्थात धान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कुलीङ विभाग इन्चार्ज भरत सीले परनिर्भरता देशकै समस्या भएकाले पार्टीले सबै नेताकार्यकर्ता र सिङगो पार्टी पङक्तीलाई उत्पादनसंग जोड्ने नीति अनुसार देशभरी धान रोप्ने काम सुरु गरिएको बताए ।

उनले दलाल पुँजीबादको अन्त्यका लागि आत्मनिर्भर उत्पादन आवश्यक भएको बताए । समाजबाद प्राप्तिका लागि पनि उत्पादनले महत्वपूर्ण भूमिका रहने बताउदै नेता भरत सीले कुरा होईन काम गरेर पार्टीको पहिचान बनाउन आवश्यक भएको बताए । अर्काको देशमा काम गर्ने र आफ्नो देशमा नगर्ने संस्कारको अन्त्य गर्न उत्पादन कार्यको सुरुवात गरिएको उनको भनाइ थियो।

चौधरी समुदाय उत्पादनको सेना भएको बताउदै उनले पत्रकार त्यसको रक्षा र विकाससंग जोडीएको कलम बोक्ने कलमीे सेना भएको बताए । उनले काम गरेर देखाउन चाहेको बताउदै श्रममा जेुटेर देशलाई आत्मनिर्भर बनाउने यात्रामा नेपाल कम्युनिष्ट पार्टी अगाडी बढेको बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका पोलीटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सीले एकिकृत सामुहिक प्रणालीमा नयाँ प्रविधि सहित खेती गर्न सुरु गरिएको जानकारी गराए । राजापुर एकिकृत कृषि फार्म दर्ता गरेर उत्पादनमा जुटेको बताउदै उनले कृषिमा बैज्ञानीक प्रयोगले नयाँ विचार र प्रविधिको विकास हुने बताए । उनले सर्लाहीमा सनफ्लावरको खेती गरेर सफल भईसकेको जानकारी गराउदै अब राजापुरमा २६ विगाहामा सनफ्लावरको खेती गरिने बताए । राष्ट्रिय कृषि क्रान्ति गर्दै कच्चापदार्थ सहित उद्योग र ब्यापार पनि आफ्नै हुने गरी देशलाई आत्मनिर्भर बनाउन नेपाल कम्युनिष्ट पार्टी अगाडी बढेको बताए ।

बर्तमान राज्यसत्ता फेल भई सकेको बताउदै नेता आधारले जनताको जीवनस्तर उकास्न सुरु गरिएको उत्पादनको यात्रा समाजबादको भ्रुण भएको बताए ।

श्रमउत्सवमा नेपाल कम्युनिष्ट पार्टीका पोलीटब्यूरो सदस्य बन्धु सीले श्रमप्रति जनताको आस्था बढाउन र आत्मनिर्भर बन्न उत्पादनलाई टेवा पुग्ने गरी धान दिवसलाई उत्सवका रुपमा मनाएको बताईन । पार्टीको नीतिले श्रमद्वारा आत्मनिर्भर बनाउन भूमीका खेल्ने कुरा गौरवको विषय भएको बताईन ।

केन्द्रिय उत्पादन बिभागले बर्दियाको राजापुरमा असार ११ गते देखि धान रोपाई सुरु गरेको धान दिवसमा ५ दिन भएको नेकपाका बर्दिया ईन्चार्ज तथा केन्द्रिय सदस्य हिमशिखरले जानकारी गराए । रोपाई कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा केन्द्रिय उत्पादन विभाग सदस्य असल सी,केन्द्रिय सदस्य शेखर शर्मा, रणदिप,लगायतको सहभागिता रहेको थियो ।

नेता तथा कार्यकर्ताहरुलाई उत्पादनसंग जोडेर आत्मनिर्भर बनाउने पार्टीको केन्द्रिय नीति अनुसार नेपाल कम्युनिष्ट पार्टीले देशभर ४० विघा खेतमा धान खेती गरेर नमुना कार्य गरेको छ । पार्टी केन्द्र सहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान खेती लगाउने योजना रहेको नेपाल कम्युनिष्ट पार्टीले जानकारी गराएको छ ।

आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको अवस्थामा देशभर असार १५ लाई उत्सवका रुपमा मनाइएको छ । असार १० गते देखि असार ३० गते सम्म वर्षे बाली उत्पादन गर्न महासचिव देखि पार्टी सदस्य, जनवर्गीय संगठनका नेताकार्यकर्ता उत्पादनमा सक्रिय रहेका छन । यस अघि नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तु र ललितपुरमा कम्युनको विकास गर्दै सामुहिक खेती गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।