१२ श्रावण २०८१, शनिबार

विप्लवसंग धान रोप्दै कलाकार छत्र शाहीले यसरी गाए

0

१५असार,कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसंग धान रोप्दै इन्द्रेणीका चर्चित उदियमान युवा कलाकार छत्र शाहीले धान रोपिरहेका सबैको अघि कर्णाली तिरको मीठो भागामा गित गाउदै निकैभावुक तथा हर्षित बनाएका छन।

कलाकार शाहीले “असार रोपेका धान कात्तिक काटिन्छ ,यस्तै कृषि गर्‍यो भन्या मनमुटु साटिन्छ” भनेर लय हालेर गित गाउँदा महासचिव विप्लव सहितका सहभागीहरुले निकै खुशी हुँदै हुटिङ गरेका थिए।
नेकपाको केन्द्रीय उत्पादन बिभागको आयोजनामा कपिलवस्तुमा धान रोपेर धान दिवस संगै श्रमउत्सव मनाउने योजना भएकाले इन्द्रेणी सहितका कलाकारहरुको टिम कपिलवस्तुमा पुगेको हो।

धानदिवस तथा श्रमउत्सव मनाउन कपिलवस्तु पुगेका इन्द्रेणीका कलाकारहरुलाई महासचिव विप्लव सहितका नेताहरुले स्वागत गरे।
धन रोपाईलाई एउटा श्रम- उत्सवको रुपमा भब्यरुपमा मनाउने नेकपाको तयारी भएकाले शु्क्रबार महासचिव विप्लव सहितका पार्टीका वरिष्ठ नेता कार्यकर्ता ,इन्द्रेणी कलाकार र सामना कलाकार लगायतको उपस्थितिमा धान दिवस मनाउने काम जारी छ।।हसियाँ -हतौडाअंकित झण्डाले झकिझकाउ धान रोप्ने खेतमा सैयौं नेता कार्यकर्ता र कलाकारहरुले हातमा धानको बीउ समातेका देखिन्थे।
श्रम उत्सवको महासचिव विप्लवले मुल ब्यानर खुला गरि अन्तरास्ट्रिय गित गाउदै ड्रोन उडाएर उद्घाटन गरेका थिए।
यो दृश्यले क्रान्तिकारीहरुमा नयाँ उर्जा थपिएको आभास हुन्थ्यो ।
उद्घाटन पछि महासचिव विप्लव, इन्द्रेणीका कलाकार शाहीसंगै हातमा धानको बिउ समातेर हिलो बनाएको खेतमा धमाधम धान रोप्न लागे।
खेतको चारैतिर कमिलाको तातीजस्तेै मानव लस्कर हातमा धानको बीउ समातेर धान रोपिरहेको बेला इन्द्रेणीका कलाकार शाहीले मीठो गित गाउँदै कृषि क्षेत्रमा उत्पादनमा लाग्ने राजनीतिक पार्टीहरु नेकपा बाहेक अरु कोहि नभएको बताए।

उनले राम्रो गर्ने जुनसुकै पार्टी भएपनि आफू कलाकारको हैसियतले समर्थन गरि धान दिवस मनाउन आएको बताए।कलाकार शाहीले कर्णालीतिरको भाकामा अर्को गितको टुक्का गाउदै भने-“बर्खा लाग्यो बाढी आयो कर्णाली तारिजा, कि त मलाई साथमा लैजा कि मलाई मारिजा।”
कलाकार शाहीको लयसहितको गाइएको प्रस्तुत गितमा महासचिव विप्लव निकै खुशी हुँदै, तालि दिइरहेका थिए।

कलाकार मात्र होइन रोपाइमा जनपत्रकारहरुको पनि उत्साहपुर्ण सहभागिता रहेको थियो।पत्रकारहरुले धान रोपिरहेका महासचिव विप्लव र कलाकार शाहीको फोटा निकै हर्षित हुँदै क्यामरामा कैद गरिरहेका थिए।यो दृश्यले नेपालमा समाजवादी व्यवस्थाको शुरूवाती अभ्यास भैरहेको महसुस गर्न सकिन्थ्यो , जसले गर्दा कलाकार शाहीले पनि आफ्नो गितको टुक्काबाट -“यस्तै कृषि गर्‍यो भने मनमुटु साटिन्छ, असाढ रोपेका धान कात्तिक काटिन्छ” भनेका हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।