२३ भाद्र २०८१, आईतवार

बर्दियाको राजापुरमा नेकपाले धान रोपेर श्रमउत्सव मनायो

0

बर्दिया /नेपाल कमुनिस्ट पार्टिले असार पन्ध्रको सन्दर्भमा बर्दियाको राजापुरमा धान रोपाइ गरि श्रमउत्सव मनाएको छ । नेकपाको केन्दिय उत्पादन बिभागद्वारा बर्दियाको तेडि गाउमा शुक्रवार १३ बिगाह जमिनमा धान रोपेर धान दिवस मनायको हो।

केन्द्रीय उत्पादन बिभागले तेडीमा एक बिधालयको २६ बिगाह जमिन लिजमा लिई धान खेती गर्ने योजना बनाएको छ ।

धान रोपाइमा पार्टीका स्थायी समिती सदस्य भरत सी ,अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) अध्यक्ष बन्धु सी, पोलिटब्युरो सदस्य आधार सी,केन्द्रीय सदस्यहरु हिमशिखर, शेखर सर्मा, रणदिप लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।