११ श्रावण २०८१, शनिबार

ड्रोन उडाउदै विप्लवले गरे श्रम उत्सवको उद्घाटन

0

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम सी विप्लवले कपिलवस्तुमा धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका छन् ।

पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै महासचिव विप्लवले श्रम उत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेताकार्यकर्ता , कलाकारहरुले पेरिस कम्युनका योद्दा युजिन पोतरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गित गाउँदै धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।

महासचिव विप्लवले उद्घाटनका अवसरमा संक्षिप्त सन्देश दिदै आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता बनाउने उद्धेश्यले पार्टीले देशभर उत्पादनका काम गरिरहेको र सोही अवसरमा कपिलवस्तुमा धान रोपेर श्रमउत्सवको औपचारिक रुपमा सुरुवात गरिएको बताए ।

उद्घाटनपुर्व महासचिव विप्लवसहित हातहातमा धानका बीउ समाएका नेता-कार्यकर्ता , कलाकार , पत्रकार लगाएत सहभागीहरुले उत्साहका साथ इन्द्रेणी टिमलाइ स्वागत गरेका थिए ।

उद्घाटनपछिको धान रोपाइँमा इन्द्रेनी टिमका कलाकार छत्र शाहिले महासचिव विप्लवसहितका नेता-कार्यकर्ता सहितका सहभागीहरुसंग धान रोप्दै “असाढ रोपेका धान कार्तिक काटिन्छ , यस्तै कृषि गर्यो भने मनमुटु साटिन्छ”भनेर गितको भाकासहित श्रम -उत्सवमा सुनमा सुगन्ध थपेका थिए ।

श्रम उत्सवमा नेकपाका स्थायी समिती सदस्य विषम सीले संक्षिप्त प्रतिक्रिया दिदै पार्टीलाई आत्मनिर्भर बनाइ देशलाइ वैज्ञानिक समाजवादमा लिन धान मात्रै रोप्ने काम नभई वैज्ञानिक समाजवादको बीउ रोप्ने काम भएको बताए ।

यस्तै नेकपाका स्थायी समितिका सदस्य शिलु सी र सुशील सीले पार्टीलाई मात्र आत्मनिर्भर नभई देशलाइ नै आत्मनिर्भर बनाउने उद्देश्यले देशभर उत्पादनको काममा लागेको र झण्डै १०० बिघा जमिनमा यो वर्ष पार्टीले धान उत्पादन गर्ने बताए ।

नेकपाका पोलिटब्युरो सदस्य सन्जीव सी र आस्था सीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि श्रमउत्सव मनाइ धान रोपाइँ गरिरहेको बताए ।

उत्पादनमा सहभागीहरु निकै हर्षित देखिन्थे । सबै नेता-कार्यकर्ताको बिचमा महासचिव निरन्तर श्रममा खटिरहेका देखिन्थे । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।