१० श्रावण २०८१, शुक्रबार

समाजवादी अर्थप्रणालीको अभ्यास गर्न श्रमउत्सवमा सहभागी भएका छौं

0

 

कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज कपिलवस्तुमा श्रमउत्सव मनाइदै छ।श्रम उत्सवमा सहभागी भएका नेताकार्यकर्ताहरुले समाजवादी अर्थप्रणालीको अभ्यासका लागि पार्टीको केन्द्रिय योजना अनुसार श्रम उत्सव थालनी गरेको प्रतिक्रिया दिएका छन।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भेषराज सीले पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी अभ्यासतिर देशलाई लैजान श्रमउत्सव मनाउन लागेको बताए।

धानका बीउ नेकालिरहेका नेता भेषराजले असार १५को धान दिवस र श्रमउत्सव निकै फरक भएको बताए।उनले भने धान दिवस भनेको केवल धान रोप्ने काममा मात्र सिमित छ, श्रमउत्सव भनेको धान रोप्ने काम सङ्ग मात्र सिमित छैन।यो श्रमलाई घृणा गर्ने, विदेशी उत्पादनको आयातमा जोड दिने , सामन्ती उत्पादन प्रणालीको संरक्षण गर्ने प्रवृतिका विरुद्ध छ।भुमण्डलीकृत पुजीवादले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने , श्रमशक्ती बिदेश पठाउने, देशलाई कामदार उत्पादन गर्ने थलो बनाउने जस्ता प्रवृतिविरुद्ध देशलाई नयाँ सन्देश दिएको छ।

उनले भने-” समाजवादी अर्थप्रणालीको बिकास गर्न र बिदेश उत्पादनसङ्ग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्दै आत्मनिर्भर हुन श्रमउत्सव अनिवार्य छ।

श्रम उत्सवको सन्दर्भमा काममा सहभागी भएका अखिल नेपाल किसान महा संघ क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव कुशज्वाला सीले आफू ६८ बर्षिय वृद्ध भएपनि तीव्र इच्छा शक्ति सहित उत्पादन कार्यमा सहभागी रहेको बताए।उनले भने विप्लवको नेतृत्वमा भैरहेको एकीकृत जनक्रान्तिको नयाँ मोडेल एकीकृत उत्पादन प्रणाली अनुसार श्रम उत्सव मनाउन लागेको बताए।उनले थपे- यो सामुहिक उत्पादन प्रणाली हो, यो समाजवादी व्यवस्थाको अभ्यास हो, यो अरु कुनै पार्टी र नेताहरूले शुरु गर्न सकेका छैनन् , नेकपाले गरिरहेकोमा यसमा हामीलाई गर्व छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।