११ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालले पुर्यो सडकका खाल्डा

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरले हेटौंडामा सडकका खाल्डा खुल्डी पुरेको छ।धेरै समय देखी सडकको कालोपत्रे उक्किएर भएको खाडल सम्बन्धित निकायले समयमै मर्मत नगरेकोले संगठनले आफ्नै आयोजनामा उक्त काम गरेको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा स्थित स्कुलरोड शितलमहलचोक सडक खण्डमा लामो समय देखी कालोपत्रे उक्केर धेरै खाडल पारेका थिए। जसको कारण उक्त सडक खण्डमा सवारी दुर्घटना हुने, धुलो उड्ने तथा त्यस रोडमा कुद्ने सवारी साधनमा चाँडै टुटफुट आउने समस्या आइरहेको भन्दै । संगठनले सम्बन्धित निकायमा पटकपटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि उक्त निकायको समयमै ध्यानाकर्षण नभएकोले युवा संगठन नेपाल मकवानपुरले आफ्नै आयोजनामा उक्त खाडल पुर्ने काम गरेको बताएको छ।

संगठनले स्कुलरोडदेखी शितलमहल चोकसम्म लगभग २०० वटा खाडलहरु पुरेको र संगठनले अघि सारेको सरसफाई अभियान अन्तर्गत आज बिहीवार उक्त कार्य गरेको जनाएको छ।

युवाहरूले गरेको उक्त कार्य देखेर यात्रुहरुले खुसी व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया जनाएका छन् । सडकखण्ड स्थित स्थानियले पनि प्रशंसा गरेका छन् । राज्यले गर्नुपर्ने काम युवा संगठनले गरेको देख्दा अझ थप सामाजिक काम गर्दै अघि बड्न युवाहरुलाई आग्रह गरेका छन्।

बिहिवार दिउँसो भएको उक्त कार्यमा युवा संगठन नेपाल मकवानपुरका इन्चार्ज किरण सी, अध्यक्ष सुनिल सी, त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य कैलाश सी, रामजी सी, मोहन सी,अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी, केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सी सहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।