११ श्रावण २०८१, शनिबार

कैलालीमा नेकपाले केन्द्रीय नेताहरूको सहभागितामा धान रोप्यो 

0

कैलाली: नेपाल कम्युनिष्ट पार्टी सेती ब्युराेले कैलालीमा धान रोपेको छ । शुक्रबार नेकपाले कैलालीको घोडाघोडी नगरपालिका ८ दिपनगरमा नेकपा केन्द्रीय नेताहरूको सहभागितामा करिब १ बिघा जमिनमा धान रोपेको हो ।

देशमा आम जनतालाई कृषि खेती प्रतिको उत्प्रेरणा जगाउन र आत्मनिर्भरताको नीतिमा लैजान आफूहरु प्रत्यक्ष रुपमा उत्पादन कार्यमा लागेको नेकपा सेती ब्युरो इन्चार्ज भगत सीले बताए । इन्चार्ज भगत सीले भने, “पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम र उत्पादनलाई बढावा दिने र देशमै रोजगारी सिर्जना गरी परनिर्भरता घटाउने योजना छ ।” देशमा श्रम संस्कृतिको विकास गरी कृषि खेतीलाई विकास र समृद्धि जोड्नुपर्ने उनको भनाइ छ ।

यसरी नेकपा सेती ब्युरो अन्तर्गत डोटीमा ३ रोपनीमा जमिनमा भटमास खेती, अछाममा १० रोपनीमा जमिनमा भटमास, तरकारी, बदाम, गहत खेती र बाजुरामा सिमी खेती गरिरहेको इन्चार्ज भगत सीले बताएका छन् ।

धान रोपाइँ कार्यक्रममा नेकपा पोलिट ब्यूरो सदस्य विकल्प सी, सेती ब्युरो इन्चार्ज भगत सी, महाकाली ब्युरो इन्चार्ज समर सी लगायत पार्टीका जिल्लाका नेताकार्यकर्ता,अन्य जवसका नेताहरुसहित स्थानीय जनताको उपस्थिति रहेको थियो ।

असार १५ धान दिवसकै दिन नेकपाले देशैभरि श्रम उत्सव तथा धान दिवस मनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।